2

Logo २०८३ बैशाख १३ आइतबार
लमजुङका किसानलाई तरकारी उत्पादन प्रोत्साहन सहयोग

लमजुङका किसानलाई तरकारी उत्पादन प्रोत्साहन सहयोग


Sabalnews प्रकाशित मिति : बुधबार, असार २९ २०७९
1.3K

लमजुङ ।

कृषि ज्ञान केन्द्र लमजुङले जिल्लाका ३८ किसानलाई क्षेत्रफलको आधारमा तरकारी उत्पादन प्रोत्साहन सहयोग गरेको छ ।

खुला तथा नियन्त्रित रूपमा ब्यबसायिक तरकारी खेती गरिरहेका कृषि फार्म तथा समूहलाई नगद १ लाख ८ हजारदेखि ६ हजारसम्म प्रोत्साहन सहयोग गरिएको हो । सम्मानित हुनेहरुमा बेसीशहर, सुन्दरबजार, राइनास, मध्यनेपाल नगरपालिका, मर्स्याङदी, दोर्दी र क्व्होलासोथर गाँउपालिकाका गरी ३८ जना रहेका छन् ।

ज्ञान केन्द्रका अनुसार केन्द्रले तोकेको मापदन्ड पुरा गरेका कृषहरुलाई सम्मान गरीएको हो । केन्द्रका अर्थविज्ञ मदन रेग्मीका अनुसार कृषकले कम्तिमा खुलामा दुई रोपनी क्षेत्रफलमा र नियन्त्रितमा २ सय वर्गमिटरमा व्यवसायिक खेती गरेको हुनु पर्ने प्रावधान रहेको छ । ज्ञान केन्द्रले तोकेको मापदण्ड पुरा गरी मस्र्याङदी गाउँपालिका ९ को भलामचौर मिर्चे नमुना कृषि फार्म सबैभन्दा बढी क्षेत्रफलमा खेति गरि प्रथम भएको छ । सो फार्मलाई एक लाख आठ हजार रुपैयाँ नगद प्रोत्साहन पाएको छ । त्यसै दोस्रो हुन सफल मध्यनेपाल नगरपालिका ५ स्थित जंगल कृषि फार्मलाई नगद ५२ हजार नौ सय रुपैयाँ र तेस्रो हुन सफल क्व्होलासोथर गाँउपालिकाका अस्मिता कृषि फार्मलाई नगद ३० हजार प्रोत्साहन रकम प्रदान गरी सम्मान गरेको कृषि प्रसार अधिकृत किरण सापकोटाले बताउनुभयो ।

आईतबार कृषि ज्ञान केन्द्रको सभाहलमा गरिएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख पुर्णबहादुर गुरूङले कृषि उत्पादन बढाउनुको साथै बजारीकरणमा सहयोग गर्न पालिकाहरूलाई आफुँले समन्वय गर्ने बताउनुभयो । उहाँले आफुँपनि ब्यवसायिक बाख्रा पालनमा लागेको बताउँदै सबै क्षेत्र र वर्गका मानिस ब्यबसायिक कृषिमा लागेमा आयात घटाउन सहयोग पुग्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी सुशील बैद्यले लमजुङको हावापानिले यहाँ ब्यवसायिक कृषिको राम्रो संभावना रहेको बताउनुभयो ।

कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख सुदिप खतिवडाले कृषिमा ब्यवसायिकरण गर्नका लागि प्रविधि, यान्त्रिकरण, सिंचाई सहितका विभिन्न क्षेत्रमा सहयोग गरिरहेको बताउनुभयो । कृषि ज्ञान केन्द्र लमजुङका सुचना अधिकारी मदन रेग्मीले स्वागत गर्दै कार्यक्रमको उद्धेश्य र औचित्य माथि प्रकाश पार्नु भएको थियो भने किसानहरूले कृषि पेशामा देखिएका उपलब्धि, समस्या र बजारीकरणका विषयमा धारणा राखेको कृषि ज्ञान केन्द्रका सहायक अधिकृत विजय पौडेलले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com