2

Logo २०८३ बैशाख १३ आइतबार
प्रेस युनियनको केन्द्रीय सचिवमा माधब अर्यालको उम्मेदवारी घोषणा

प्रेस युनियनको केन्द्रीय सचिवमा माधब अर्यालको उम्मेदवारी घोषणा


Sabalnews प्रकाशित मिति : आइतबार, असार २६ २०७९
1.7K

पाल्पा ।

आसन्न नेपाल प्रेस युनियनको नवौं महाधिवेशनमा कान्तिपुरकर्मी पाल्पाका पत्रकार माधब अर्याल केन्द्रिय सचिब ( खुला) पदमा उम्मेद्बारी घोषणा गरेका छन् ।

लोकतन्त्रवादी पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको महाधिवेशन यही साउन ६ र ७ गते हेटौडामा हुदैछ । युनियनका केन्द्रिय सदस्य समेत रहेका अर्यालले आइतबार जिल्लामा भएको बैठकमा उम्मेदवारी घोषणा गरेका हुन् ।

युनियनको सृदृढीकरण,समस्याबाट गुज्रिदै आएका मिडियाको उत्थान र पत्रकारहरुको संरक्षणका लागि सचिवमा उम्मेदवारी घोषणा गरेको अर्यालले बताउनुभयो । युनियन पाल्पाका सभापति भरत शर्माले अर्याललाई विजयी बनाउन सबै केन्द्रिय पार्षद प्रतिनिधीलाई सहयोग गर्नु आग्रह गर्नुभयो। दुई दशक भन्दा बढी समयदेखि व्यवसायिक पत्रकारिता गर्दै आएका अर्यालले आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गरेका छन् । राष्ट्रिय, क्षेत्रीय, जिल्ला र विभिन्न क्षेत्रबाट पुरस्कृत तथा सम्मानित कान्तिपुर दैनिकका उपसम्पादक हुन् ।

युनियनको ९ औं महाधिवेशन साउन ६ र ७ गते मकवानपुरको हेटौंडामा हुने गरी समय तोकिएको छ । तीन वर्षे कार्यकाल हुने युनियनमा वर्तमान कार्यसमिति निर्वाचित भएको ८ वर्ष भएको छ । गत २०७१ भदौमा ८ औं महाधिवेशन भएको थियो । महाधिवेशनका लागि मनोनित बाहेक १ हजार ६ सय २० प्रतिनिधि रहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com