2

Logo २०८३ बैशाख १४ सोमबार
उच्च अदालत बार एशोसिएशन पाटनमा शान्तिराम खतिवडाको टिम बिजयी

उच्च अदालत बार एशोसिएशन पाटनमा शान्तिराम खतिवडाको टिम बिजयी


Sabalnews प्रकाशित मिति : आइतबार, असार २६ २०७९
953

काठमाडौं ।

उच्च अदालत बार एशोसिएशन पाटनको २०औँ अधिबेशनले शान्तिराम खतिवडाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । २ बर्षे कार्यकालको लागि शनिवार भएको निर्वाचनमा १ हजार ६६ मत ल्याएर खतिवडा विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी रामकृष्ण शर्माले २७१ मत प्राप्त गर्नुभयो।
त्यस्तै उपाध्यक्षमा रामचन्द्र न्यौपानेले १ हजार २३ मत, सचिवमा रवीन्द्र कुमार ढुङ्गाना, सहसचिवमा इन्दु कार्की, कोषाध्यक्षमा मिलन श्रेष्ठ विजयी हुनुभएको छ।

१९ सदस्यीय समितिको १४ सदस्य पदमा रमित महर्जन, भवानी भट्टराई, ईश्वरप्रसाद पुडासैनी, ओमप्रकाश चौधरी, श्याम रोक्का, धर्मराज पौडेल, राजाराम घिमिरे, लावण्यराज कार्की, धनजीत बस्नेत, शुलभ खनाल, सरिता आचार्य, रामकुमार खतिवडा, भावेश गौतम र सागर शर्मा विजयी हुनुभयो ।

देशका ९०  बार एकाइमध्ये सबैभन्दा बढी २ हजार ८ सय २८ मतदाता पाटन बारमा छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com