2

Logo २०८३ बैशाख १३ आइतबार
लुम्बिनी स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी बाँकेलाई

लुम्बिनी स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी बाँकेलाई


Sabalnews प्रकाशित मिति : आइतबार, असार २६ २०७९
1.1K

दाङ ।

लुम्बिनी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी बाँके जिल्लाले जितेको छ ।

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय तथा लुम्बिनी प्रदेश खेलकुद परिषदको आयोजनामा दाङको बेलुझण्डीमा संचालित १२ औं संघीय तथा प्रथम लुम्विनी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बाँकेले जितेको हो ।

प्रतियोगितामा १९ स्वर्ण, ७ रजत र १० काश्य पदक हात पार्दै बाँके जिल्लाले उपाधीसँगै शिल्ड जित्न सफल भएको हो । त्यसैगरी बर्दिया जिल्लाले ९ स्वर्ण, ९ रजत र १२ काश्य पदकका साथ द्वितिय हुँदा दाङ ६ स्वर्ण, ११ रजत र १३ काश्य पदक हात पार्दै तृतीय स्थानमा चित्त बुझाउन बाध्य भएको छ ।

तीन दिनसम्म चलेको प्रतियोगितामा कपिलवस्तु जिल्ला ६ स्वर्ण, ४ रजत र २ काश्य पदकका साथ सान्त्वना हुन सफल भएको छ ।

यसैबिच प्रतियोगिता अन्तर्गत कराते छात्रमा गुल्मी जिल्लाका हिमाल क्षेत्री र छात्रामा दाङकी डोल्मा थापा उत्कृष्ट खेलाडी घोषित भएका थिए । त्यस्तै एथलेटिक्समा छात्रमा बाँकेका युवराज बि.क. र छात्रामा दाङकी निशा चौधरी उत्कृष्ट खेलाडी बन्न सफल भएका थिए ।

उसुतर्फ छात्रमा बाँकेका सुदीप रोका मगर र छात्रामा बर्दियाकी लिन्दा दहित, भलिबल छात्रमा रुपन्देहीका बादल राना र छात्रातर्फ रुपन्देहीकै सपना डाँगी उत्कृष्ट खेलाडी घोषित भएका थिए ।

प्रतियोगितामा व्यक्तिगत विधा अन्तर्गत एथलेटिक्स, उसु, करातेमा प्रथम स्थान हात पारेका खेलाडी र टिम तर्फ कबडी, भलिबलमा छनोटका आधारमा टिम तयार गरिनेछ ।

छनोटमा परेका खेलाडीले यहि असार २८ देखि ३० गतेसम्म हुने राष्ट्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्नेछ्न् ।

यसैबिच प्रतियोगिताको समापन समारोह लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईको अध्यक्षता तथा उर्जा जलश्रोत तथा सिचाई राज्यमन्त्री अर्जुनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा भएको थियो ।

कार्यक्रममा बिजेता टिम तथा खेलाडीलाई मन्त्री श्रेष्ठ, लुम्बिनी प्रदेश खेलकुद परिषदका कोषाध्यक्ष कोशिस खड्का, दाङ जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राजकुमार पोख्रेल हमाल,लुम्बिनी प्रदेश तेक्वान्दो संघका अध्यक्ष बिमल रिजाल, लुम्बिनी प्रदेश भलिबल संघका अध्यक्ष देवेन्द्र बैरागीलगायतले शिल्ड, ट्रफी, मेडल तथा प्रमाणपत्र खेलाडीलाई प्रदान गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com