राष्ट्रपति रनिङशिल्डमा रामपुरलाई ४ स्वर्ण सहित विविध पदक
पाल्पा ।
१३औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा रामपुर नगरपालिकाले ४ स्वर्ण सहित बिभिन्न पुरस्कार जित्न सफल भएको छ ।
सामाजिक विकास डिभिजन कार्यलय पाल्पा र जिल्ला खेलकुद बिकास समिति पाल्पाको सयुक्त आयोजनामा गत असार १८ देखि २० गते सम्म तानसेन नगरपालिकाको दमकडामा चलेको जिल्ला स्तरिय प्रतियोगितामा जिल्लाका ९ पालिकाले भाग लिएका थिए ।
विभिन्न बिधा मध्य १०० मि. दौडमा दिया कुमाल, हाइजम्प र लङजम्पमा रमेश कुमाल, सटफुर्टमा रोहित मल्ल मदासीले स्वर्ण पदक हात पार्न सफल भएका हुन् । कराते तर्फ प्रतिस्पर्धा गरेका सबै खेलाडी द्दितिय स्थान प्राप्त गरेका छन् । जसमा कुशुम गुरुङ्गले ५० के. जि तौलमा, सुरज ढेगा ५२ के. जि तौलमा र सम्राट थापाले ४२ के. जी तौलमा द्दितिय भएका हुन् ।

छात्र भलिबल तर्फ रामपुर द्दितिय स्थान हासिल गर्न सफल भएको छ । प्रदेेेश स्तरीय दाङमा हुने भलिबल प्रतियोगिताको लागि जिल्लाको टिममा रामपुरबाट ४ जना खेलाडी छनौटमा पर्न सफल भएका छन् । जसमध्ये भलिवल खेलाडी रोहित मल्ल मेदासी, दिपेन्द्र आले, गोविन्द ब. खरु र नवीन थापा (लिब्रो) छन् ।
छात्रा तर्फ भलिबल प्रतियोगितामा रामपुर नगरपालिकाको टिम तृतीय भएको छ । प्रदेेेश टिमको लागि रामपुरबाट अंशु नेपाली छनोट भएकी छन् ।
स्वर्ण पदक हात पार्न सफल खेलाडी सहित छनोट हुन सफल खेलाडी असार २४ गते देखि दाङमा हुने प्रदेश स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको लागि तयारीमा छन् ।