प्रतिनिधि र प्रदेश सभा निर्वाचन मंसिर २ गते एकैचरणमा गर्न सिफारिस
काठमाडौं ।
प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचन मंसिर २ गते शुक्रबार एकै चरणमा गर्न निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको छ ।
बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटार पुगेर निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया सहितको टोलीले मंसिर २ मा निर्वाचन गर्न सिफारिस गरेको हो । निर्वाचनको मिति निर्वाचन आयोगको सिफारिसमा सरकारले तोक्ने कानुनी व्यवस्था छ ।
निर्वाचन आयोगले आयोग पदाधिकारीलाई १ सय २० दिन तयारीको समय पुग्ने गरी मिति घोषणा गर्न प्रधानमन्त्री शेर बहादुर देउवालाई आग्रह गरेका छन् ।