2

Logo २०८३ बैशाख १३ आइतबार
राष्ट्रपति रनिङशिल्डमा रामपुरलाई ४ स्वर्ण सहित विविध पदक

राष्ट्रपति रनिङशिल्डमा रामपुरलाई ४ स्वर्ण सहित विविध पदक


कमल राना प्रकाशित मिति : बुधबार, असार २२ २०७९
2.4K

पाल्पा ।

१३औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा रामपुर नगरपालिकाले ४ स्वर्ण सहित बिभिन्न पुरस्कार जित्न सफल भएको छ ।

सामाजिक विकास डिभिजन कार्यलय पाल्पा र जिल्ला खेलकुद बिकास समिति पाल्पाको सयुक्त आयोजनामा गत असार १८ देखि २० गते सम्म तानसेन नगरपालिकाको दमकडामा चलेको जिल्ला स्तरिय प्रतियोगितामा जिल्लाका ९ पालिकाले भाग लिएका थिए ।

विभिन्न बिधा मध्य १०० मि. दौडमा दिया कुमाल, हाइजम्प र लङजम्पमा रमेश कुमाल, सटफुर्टमा रोहित मल्ल मदासीले स्वर्ण पदक हात पार्न सफल भएका हुन् । कराते तर्फ प्रतिस्पर्धा गरेका सबै खेलाडी द्दितिय स्थान प्राप्त गरेका छन् । जसमा कुशुम गुरुङ्गले ५० के. जि तौलमा, सुरज ढेगा ५२ के. जि तौलमा र सम्राट थापाले ४२ के. जी तौलमा द्दितिय भएका हुन् ।

छात्र भलिबल तर्फ रामपुर द्दितिय स्थान हासिल गर्न सफल भएको छ । प्रदेेेश स्तरीय दाङमा हुने भलिबल प्रतियोगिताको लागि जिल्लाको टिममा रामपुरबाट ४ जना खेलाडी छनौटमा पर्न सफल भएका छन् । जसमध्ये भलिवल खेलाडी रोहित मल्ल मेदासी, दिपेन्द्र आले, गोविन्द ब. खरु र नवीन थापा (लिब्रो) छन्  ।

छात्रा तर्फ भलिबल प्रतियोगितामा रामपुर नगरपालिकाको टिम तृतीय भएको छ । प्रदेेेश टिमको लागि रामपुरबाट अंशु नेपाली छनोट भएकी छन् ।

स्वर्ण पदक हात पार्न सफल खेलाडी सहित छनोट हुन सफल  खेलाडी असार २४ गते देखि दाङमा हुने प्रदेश स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको लागि तयारीमा छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com