रकम बुझाएको डेढ दशकपछि अर्चलेको रनगुवा गाउँमा बल्यो बिजुली
पाल्पा ।
पाल्पा जिल्लाको पूर्वी भेग निस्दी–६, अर्चलेमा पहिलो पटक बिजुलीबत्ती बलेको छ । सामुदायिक विद्युतीकरणका लागि रकम बुझाएको डेढ दशकपछि अर्चलेको रनगुवा गाउँमा पहिलो पटक बिजुलीबत्ती बलेको हो ।
छिमेकी गाउँमा बत्ती बलेको हेरेर अध्यारोमा बस्न बाध्य रनगुवाबासी बिजुली बले संगै खुशी मनाएका छन् । विद्युतीकरणको योजना ढिलैगरी बएपनि पूरा भएपछि रनगुवाका ३७ घरपरिवारले पहिलो पटक बिजुलीबत्ती बाल्न पाएको निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले बताउनुभयो ।
बिजुली बत्ती आएपछि विद्यार्थीहरूलाई पढ्न, रेडियो सुन्न र टिभी हेर्न सहज भएको छ । यसअघि यहाँका बासिन्दा टुकीको भरमा बस्नुपर्ने बाध्यता थियो अब टुकी बाल्न पर्दैन उपभोक्ता समितिका अध्यक्ष लालबहादुर बयम्बुले भन्नुभयो । गाउँमै बिजुली आएपछि मोबाइल चार्ज, बत्ती चार्ज गर्न अरुको गाउँमा जानु नपर्ने स्थानीय शिक्षक हेमबहादुर बयम्बुले बताउनुभयो ।
बिजुली आएपछी साझ बत्तीको उज्यालोमा लेखपढ गर्न पाउँद विद्यार्थी हौसिएका छन् । मोबाइल चार्ज गर्न कि वल्लोपल्लो गाउँ जानुपर्ने, कि बजार पस्नुपर्ने बाध्यता अब टरेको छ । गाउँमा बिजुली बत्ती आएपछी गाउँघर नै उज्यालो भएको अबेर सम्म काम गर्न सकिएको स्थानीयको भनाई छ ।