हजार दिनका आमालाई पोसिलो आहार बितरण
पाल्पा ।
हजार दिनका आमालाई रामपुर नगरपालिकाले पौष्टिक आहार बितरण गरेको छ ।
रामपुर नगरपालिका स्वास्थ्य शाखाले उपमेयर संग हजार दिनका आमा कार्यक्रम अन्तर्गत वडा नम्बर २ का आमाहरुलाई पौष्टिक तत्वहरु दिएको हो ।
वडाका ६५ जना आमाहरुलाई पोषिलो खाना बितरण गरेको वडाअध्यक्ष कृष्ण बहादुर दर्जीले बताउनुभयो । सोही अबसरमा बच्चाको वृद्धि अनुगमन गरि ८ जना उत्कृष्ट बच्चाको परिवारलाई १/१ क्यारेट अण्डा बितरण गरेको छ ।
सामाग्री हस्तान्तरण गर्दै रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले आमा र बच्चाको स्वास्थ्यका लागि घर परिवारले उत्तिकै ध्यान दिनुपर्ने बताउनुभयो । बच्चाको वृद्धि विकास र स्वस्थ जिवनको लागि आमा गर्भवती भएदेखी नै नियमित खानपान स्वास्थ्य सुरक्षा सरसफाइमा ख्याल गर्दै स्वस्थ जीवन समृद्ध नगरको लागि सबैले आफ्नो ठाउँबाट लाग्नुपर्नेमा जोड दिनुभयो ।
रामपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गिरीराज घिमिरेले स्वास्थ्य सेवामा नागरिकको पहुँच बढ्दै गएको र यसको लागि रामपुर नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । १६ वटा सस्थाबाट हाल नगरपालिका भित्र स्वास्थ्य सेवा दिइरहेको उल्लेख गर्दै उहाँले यसमा अझ चुस्त सेवाको लागि लागिपरेको बताउनुभयो ।
गाडाकोट स्वास्थ्य चौकीका प्रमुख मजिबुर रहमान शेखले साविक गाडाकोट क्षेत्र भित्र स्वास्थ्य सस्थामा पहुच बढेको र कुनै समस्या आएमा स्वास्थ्य सस्थामा नियमित सम्पर्कमा रहेर परामर्श र सेवा लिन सकिने बताउनुभयो ।