2

Logo २०८३ बैशाख १३ आइतबार
भारतद्दारा नेपाललाई ७५ एम्बुलेन्स र १७ स्कुल बस अनुदान सहयोग

भारतद्दारा नेपाललाई ७५ एम्बुलेन्स र १७ स्कुल बस अनुदान सहयोग


Sabalnews प्रकाशित मिति : सोमबार, असार २० २०७९
785

काठमाण्डाै ।

भारतले नेपाललाई अनुदानमा ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस दिएको छ ।

भारतीय राजदूतावासले नेपालका बिभिन्न सङ्घ–संस्थालाई दिएको एम्बुलेन्स र स्कुल बस शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा बितरण गरेको छ ।
नेपालका विभिन्न जिल्लामा अवस्थित विशेषगरी स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न सरकारी, गैरसरकारी तथा गैर नाफामूलक संस्थाहरूलाई एम्बुलेन्स र बस उपलब्ध गराएको दूतावासले जनाएको छ ।

भारत स्वतन्त्र भएको ७५ औँ वर्षगाँठको अवसरमा भारतको सहयोगलाई निरन्तरता दिएको नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बताउनुभयो । श्रीवास्तवले बस र एम्बुलेन्स प्रदान गरिएका विभिन्न संस्थालाई चाबी प्रदान गर्नुभएकाे छ ।
कार्यक्रममा मन्त्री पौडेल र नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले नेपाल र भारतको सम्बन्ध बलियो र सहयोगीपूर्ण हुने उल्लेख गर्नुभएको थियो ।

भारतले सन् १९९४ यता नेपालका विभिन्न जिल्लामा रहेका संस्थाहरूलाई ९ सय ४० वटा एम्बुलेन्स र १ सय ८४ वटा स्कुल बस उपहारस्वरूप प्रदान गरिसकेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com