2

Logo २०८३ बैशाख १३ आइतबार
रचना बाचन मार्फत बेथिति प्रति झटारो

रचना बाचन मार्फत बेथिति प्रति झटारो


समीर पौडेल प्रकाशित मिति : शनिबार, असार १८ २०७९
16.5K

पाल्पा ।

रामपुरमा भएको रचना बाचनमा अधिकांश रचनाकारले बेथिती बिसङ्गति र महँगी प्रति झटारो हानेका छन् ।

रामपुर साहित्यिक प्रतिस्ठानको आयोजनामा भएको मासिक नियमित रचना बाचन कार्यक्रममा बाचन भएका रचनामा बजार भाउ आकासिएको देखि गलत राजनितिक आबस्थाले  अस्तव्यस्तता बढाएको समेत उल्लेख थियो ।

साहित्यकार स्वप्निल निरब, बसन्त थापा, दिपकमणी अर्याल, मित्रलाल गौतम, सुदिप दवाडी, नारायण ओस्ती, समीर पौडेल, मनोज घर्ती मगर र खिना खनाल लगाएत १० जनाले रचना बाचन गरेका थिए । रचनामा राजनिती, सामाजिक बेथिति, कृषि, महङ्गि लगायतका बिषयमा सर्वसाधारणका आवाजलाई बुलन्द गरेका थिए ।

हरेक महिनाको तेस्रो शनिवार हुने रचना बाचन यसपटक रामपुर बेझाडको राधाकृष्ण मन्दिरमा भएको हो । रामपुर साहित्यिक प्रतिस्ठानका उपाध्यक्ष हुमा देबकोटाको अध्यक्षतामा भएको रचना बाचन कार्यक्रमको संचालन सस्थाका सदस्य वसन्त थापाले गर्नुभएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com