2

Logo २०८३ बैशाख १३ आइतबार
निस्दीका मसलाबाली जोन कार्यक्रमका किसानलाई मिनिटिलर

निस्दीका मसलाबाली जोन कार्यक्रमका किसानलाई मिनिटिलर


Sabalnews प्रकाशित मिति : शुक्रबार, असार १७ २०७९
1.5K

पाल्पा ।

जिल्लाको निस्दी ४ मित्याल र ७ ज्यामिरेका मसलाबाली जोन कार्यक्रमका किसानले कृषि व्यबसायिकताको लागि मिनिटिलर पाएका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियाेजना अन्तर्गत यहाँ अदुवा र बेसार खेती जोन कार्यक्रम चलेको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियाेजना कार्यान्वयन एकाई तानसेन पाल्पाकाे आर्थिक वर्ष २०७८/०७९ काे स्वीकृत कार्यक्रम अनुसार अदुवा/ बेसार जाेन कार्यक्रम फस्टाएको छ । मित्याल सामुदायिक विकास कृषि बहुउद्देश्यीय सहकारी संस्था र ज्यामिरेमा माैलाकालिका कृषक समूहले कृषि यान्त्रिकरण उपकरणमा मिनिटिलर र डिजिटल काँटा पाएका हुन् ।

मसलाबालीमा पर्ने अदुवा र बेसार खेतीमा सरकारको सहयोग पाएपछि यहाँका किसान समुहमा आबद्ध भएर र व्यक्तिगत रुपमा पनि अदुवा बेसार खेती बढाउदै लगेक छन् । यस भेगका किसान पहिलेदेखि पनि बेसार अदुवा खेती गर्दै आएका थिए । पछिल्लो समय बादरको आतंक बढ्दै जादा समेत बादरले नखाने, क्षति नपुर्‍याउने भएकोले यस्ता भिराला जग्गामा मसलाबालीको प्रचुर संभावना छ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com