रिब्दीकोटमा नमुना युवा संसद अभ्यास
पाल्पा ।
पाल्पाको रिब्दीकोट गाउँपालिकाले नमुना युवा संसद अभ्यास कार्यक्रम अन्तर्गत नमुना युवा गाउँ सभा अभ्यास संचालन गरेको छ ।
रिब्दीकोट गाउँपालिकाको आयोजना र राष्ट्रिय युवा परिषद भक्तपुरको सहयोगमा चलेको ४ दिने अभ्यासमा पालिकाका २९ युवाको सहभागिता छ । लोकतान्त्रिक पद्धतिको जानकारी गराई सशक्त युवाहरूको उत्पादन गराउने उधेश्यका साथ १६ देखि २४ बर्ष उमेर समुहका युवाहरूलाई प्रशिक्षित बनाउन नमुना युवा गाउँसभाको अभ्यास गरिएको गाउँपालिका अध्यक्ष नारायण कार्कीले बताउनुभयो ।

गाउँपालिकाको ८ वटाबाट ३/३ जना र पालिकाले ५ जना छनौट गरि उनीहरुको व्यक्तित्ब र नेतृत्व विकास र नमुना युवा गाउँसभाको अभ्यास अन्तर्गत सामाजिक अभ्यास सिकाइएको शिक्षा शाखा प्रमुख मणि खनालले बताउनुभयो । आजका युवा भोलिको नेतृत्व कर्ता भएकाले पालिकाले नेतृत्वको बिकासका लागि तालिम चलाएको हो ।
आगामी १७ गते सम्म सञ्चालन हुने नमुना युवा गाउँसभा अभ्यासको सहजीकरण राष्ट्रिय युवा परिषद अर्घाखाँचीका अध्यक्ष लिला बहादुर विकले गर्नु भएको छ ।
यस्तो तालिम युवा बर्गमा प्रभावकारी बन्दै आएको राष्ट्रिय युवा परिषद पाल्पा जिल्लाका अध्यक्ष तुल बहादुर अधिकारीले बताउनुभयो ।