2

Logo २०८३ बैशाख १३ आइतबार
लागुऔषधसहित स्याङ्जाका एक जना पक्राउ

लागुऔषधसहित स्याङ्जाका एक जना पक्राउ


Sabalnews प्रकाशित मिति : बुधबार, असार १५ २०७९
869

पाल्पा ।

जिल्ला प्रहरी कार्यालय पाल्पाले लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्याङ्जाको गल्याङ नगरपालिका वडा नं. ८ का २० वर्षीय होमबहादुर रोका मगर रहेको प्रहरीले जनाएको छ । उनको साथबाट डाइजेपाम ३ एम्पुल, फेनारगन ४ एम्पुल, डाइजेपाम ४ एम्पुल गरी ११ एम्पुल लागु औषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी वीरेन्द्र थापाले बताउनुभयो। थापाका अनुसार पक्राउ परेका मगरको साथी अथार्त मंगलबार तिनाउमा मृत अवस्थामा फेला परेका वालिङ्का नरेश कुवंर र आफूले सँगै लागु औषध सेवन गरेको रोका मगरले बताएका छन् ।

प्रहरीका अनुसार मृतक कुवंरको अनुसन्धानका क्रममा शंका लागेपछि रोकालाई पक्राउ गरिएको थियाे । थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com