2

Logo २०८३ बैशाख १३ आइतबार
स्थापना दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम

स्थापना दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम


Sabalnews प्रकाशित मिति : मंगलबार, असार १४ २०७९
1.1K

पोखरा ।

पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले चौथो स्थापना दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम गरेको छ।

महानगरपालिकाका वडा नम्बर ९ का अध्यक्ष दिपेन्द्र मर्सानीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै मर्सानीले मानव सेवाको धर्म रक्तदान भएको उल्लेख गर्दै सहकारीले उल्लेख्य काम गरेको बताउनुभयो । सहकारीका शेयर सदस्य इन्दिरा पौडेललाई मर्सानीले पहिलो ब्लड ब्याग हस्तान्तरण गरेर  उदघाटन गर्नुभएको थियो । शिविरमा ३१ जनाले रक्तदान गरेका छन् ।

नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीका अध्यक्ष बिरेन्द्र पराजुली, सल्लाहकार समिति संयोजक लोकनाथ काफ्ले, सल्लाहकार जनपुकार मुनंकमी, समाजका सदस्य एवं जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले सहकारीको सामाजिक कार्यको प्रशंसा गरेका थिए ।

सहकारी संस्थाका अध्यक्ष चिरञ्जीवी श्रेष्ठको अध्यक्षता,  लेखा सुपरिवेक्षण समितिका संयोजक नारायण प्रसाद पौडेलको स्वागतबाट शुरु भएको कार्यक्रमको संचालन सहकारी संस्थाका सचिव एवं कार्यक्रम संयोजक रेशम रचकले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com