पाल्पाली समाज युएईको अध्यक्षमा ओमकुमारी खाण
युएई ।
पाल्पाली समाज युएईको तेस्रो अधिबेशनले समाजका वरिष्ठ उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष ओम कुमारी खाणको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ।
जन्मथलो पाल्पा भई हाल रोजगारको सिलसिलामा संयुक्त अरब इमिरेट्स युएईलाई आफ्नो कर्म थलो बनाएका पाल्पालीहरुको भेलाले २ बर्षे कार्यकालको लागि खाणको अध्यक्षतामा २६ सदस्यीय पाल्पाली समाज युएई गठन गरेको हो ।
नवगठित समाजको वरिष्ठ उपाध्यक्षमा कैलाश अर्याल, प्रथम उपाध्यक्षमा गुम बहादुर रामजाली, उपाध्यक्षहरुमा बिष्णु प्रसाद बस्याल, अमित बिस्वकर्मा, कृष्ण प्रसाद तिमिल्सिना, महिला उपाध्यक्षमा सीता बस्याल, महासचिवमा खुम प्रसाद न्यौपाने, सचिवमा तिलक राम बस्याल, कोषाध्यक्षमा डिल्लीराज भट्टराई, सह-सचिवमा राजु बस्याल, सह-कोषाध्यक्षमा टंक परिवार, सदस्यहरुमा राजेश अधिकारी, पदम प्रसाद गैरे, शेष नारायण बन्जाडे, मन बहादुर नेपाली, शंकर प्रसार गैरे, नारायण पराजुली, रामचन्द ढकाल, माया बश्याल सापकोटा, कालिदास बस्याल, जीवन बस्याल, एकदेव बस्याल, सोमनाथ सापकोटा र राजेश गैरे निर्वाचित हुनु भएको छ।

समाजको अधिबेसनले समाजको प्रवक्तामा दिनानाथ गैरेलाई चयन गरेको छ । पाल्पालीहरुको सुख र दुःख बिसाउने साझा घर बन्दै आएको पाल्पाली समाज युएईको अधिवेशन सफल पार्ने निर्वाचन समिति संयोजक कृष्ण प्रसाद आचार्यले समाजको नयाँ नेतृत्वको नाम घोषणा गर्दै समाजले गरेका कामको प्रशंसा गर्नुभयो । निर्वाचन समिति उपसंयोजक खुम बहादुर आले, निर्वाचन समिति सदस्य बरुण खनालले निर्वाचन सफल बनाउन अहम भुमिका खेल्नु भएको थियो ।
त्यस्तैगरी नवनिर्वाचित समाजको बैठकले कार्यसमितिमा थप २ जना उपाध्यक्ष, सहसचिव, संस्कृति बिभाग, खेलकुद बिभाग र आबश्यकता आधारमा विभिन्न बिभागहरु, संरक्षक, उपसंरक्षक, प्रमुख सल्लाहकार,सल्लाहकारहरु मनोनयन गर्ने व्यबस्था रहेको पाल्पाली समाजका निबर्तमान अध्यक्ष बेद प्रसाद अर्यालले बताउनुभयो।
सभ्य एवम् भब्यताका साथ अधिबेसन सम्पन्न भएको बताउदै निर्वतमान अध्यक्ष बेद प्रसाद अर्यालले निर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिनुभयो । उहाँले पाल्पालीको कर्म, पसिना र ठूलो लगानीमा समाजको स्थापना र निरन्तर नियमित काम गर्दै युएई र नेपालमा छुट्टै पहिचान बनाएकाले यो कदर जोगाई राख्न आग्रह गर्नुभयो । समाजको टिम र आफ्नै परिवारको भावनाले गर्दा जस्तोसुकै परिस्थितिमा पनि जुध्न सक्ने र समस्यामा परेका पाल्पाली/ नेपालीलाई सहयोग, समाजको नेतृत्वमा अन्य क्षेत्रमा समन्वयले धेरै नेपालीलाई राहत मिलेकोले अझ समाज उदाहरणीय बन्दै जानुपर्नेमा अर्यालले जोड दिनुभयो ।
सन् २०१४ मा स्थापना भएको पाल्पाली समाज युएईका सबै प्रदेेेशमा शाखाका रुपमा छ । मुल समाज र शाखामा उत्तिकै सक्रिय पाल्पाली समाजले पाल्पामा र नेपालका अन्य क्षेत्रमा ठूलो सहयोग पुर्याउदै आएको छ । नेपालमा आपदबिपद्/ महामारी आउदा होस्, सामाजिक अभियानमा अग्रसर समाजले शिक्षा, स्वास्थ्य देखि गाउँघरमा प्रतीक्षालय निर्माण र त्यहाँको सरकार, दुताबासको समन्वयमा नेपालीको उद्दार, सहयोग पुर्याउदै आएको छ ।