2

Logo २०८३ बैशाख १३ आइतबार
न्यायिक निरुपणका लागि मेलमिलाप सम्बन्धी अभिमुखीकरण

न्यायिक निरुपणका लागि मेलमिलाप सम्बन्धी अभिमुखीकरण


Sabalnews प्रकाशित मिति : आइतबार, असार १२ २०७९
890

पाल्पा ।

पाल्पाको रामपुर नगरपालिकाले स्थानीय स्तरमै न्यायिक निरुपणका लागि सरोकारवाला संग अभिमुखीकरण गरेको छ।

स्थानीय तहको निर्वाचनमा नयाँ निर्वाचित हुनुभएका जनप्रतिनिधि र सुचिकृत मेलमिलापकर्तालाई नेपालको संविधानमा स्थानिय तह र स्थानीय तहमा न्यायिक समिति, वडामा स्थापित मेलमिलाप केन्द्र, मेलमिलापकर्ताको सुचिकृत र मेलमिलापका प्रक्रिया बिषयमा छलफल सहितको अभिमुखीकरण कार्यक्रम भएको हो । वडा अध्यक्ष र कार्यपालिका सदस्यलाई वडागत मेलमिलाप केन्द्र र वडाको जिम्मेवारी साथै न्याय निरुपण गर्न सकिने क्षेत्र र मेलमिलापको अधिकार बाहिरका क्षेत्रका बिषयमा छ्लफल भएको हो ।

नगरपालिकामा सुचिकृत मेलमिलापकर्ताहरुलाई मेलमिलापद्दारा न्याय सम्पादन गर्न सहज बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको नगरपालिकाका उपप्रमुख तथा न्यायिक समिति संयोजक बालकुमारी थापाले बताउनुभयो । तालिममा मेलमिलाप परिषद्का शाखा अधिकृत तथा प्रशिक्षक देवीराम भण्डारीले सहजिकरण गर्दै स्थानीय तहमा न्यायिक समिति गठन, स्थानीय सरकार संचालन ऎन, मेलमिलाप सम्बन्धि ऎन २०६८, मेलमिलापको आवश्यक, औचित्य, अबधारणा, मेलमिलापका चरण र सहमती पत्र लेखन सम्मका बिषयमा प्रशिक्षण दिनुभएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले मेलमिलापको अबधारणा सभ्य समाजको परिकल्पना भएको बताउनुभयो । २ दिन सम्म चलेको अभिमुखीकरणमा मेलमिलापकर्ता सीता डोटेल र नगरपालिकाका न्यायिक सचिवालय सचिव पुजा परियारले मेलमिलापको ७ चरणमा हुने अभ्यास र गर्नुपर्ने कामका बिषयमा सहजिकरण गर्नुभयो ।
मेलमिलापको पुनर्ताजगीमा नगरमा सुचिकृत १९ जना मेलमिलापकर्ताको सहभागिता रहेको थियो ।

न्यायिक समिति संयोजक तथा नगर उपप्रमुख बालकुमारी थापाको अध्यक्षतामा भएको अभिमुखीकरण शुभार्भ गर्दै रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले न्यायिक समिति अन्तर्गत मेलमिलापकर्ताले छिटोछरितो न्याय सम्पादनमा भुमिका खेलेको बताउनुभयो । अभिमुखीकरण उद्घाटन कार्यक्रमको संचालन न्यायिक समिति सचिवालयका कर्मचारी पुजा परियारले गर्नुभएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com