2

Logo २०८३ बैशाख १३ आइतबार
बगनासकाली गाउँपालिकाले ल्यायो ५० करोड १८ लाख २३ हजारको बजेट

बगनासकाली गाउँपालिकाले ल्यायो ५० करोड १८ लाख २३ हजारको बजेट


Sabalnews प्रकाशित मिति : शनिबार, असार ११ २०७९
806

पाल्पा ।

बगनासकाली गाउँपालिकाको आगामी वर्षको लागि नीति कार्यक्रम तथा बजेट सर्वसम्मत रुपमा पारित भएको छ । बगनासकाली गाउँपालिकाको बाह्रौ गाउँसभामा गाउँपालिका अध्यक्ष सरस्वती चिदीले प्रस्तुत गर्नुभएको गाउँपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको हो ।

प्रस्तुत दीर्घकालीन नीतिमा विकासका आवधिक त्रिवर्षिय योजना कार्यान्वयन तथा अद्यावधिक, गाउँपालिका क्षेत्रको भू–उपयोग नीति तर्जुमा गरी समुन्नत कृषि गाउँको रूपमा विकास, पर्यटन विकासको समुचित विस्तार र प्रवद्र्धन गर्ने, गाउँ क्षेत्रभित्रका सम्भावित क्षेत्रहरूको पहिचान गरी करको दायरा फराकिलो बनाउने, सार्वजनिक सम्पत्तिको पहिचान, संरक्षण र सम्वद्र्धन गर्ने, सार्वजनिक, निजी, साझेदारीमा जोड दिने, शिक्षा, स्वास्थ्य, भाषा, साहित्य, कला, संस्कृति र खेलकुदको विकास गर्ने, सूचना प्रविधिको विकास र विस्तार गरी सेवा प्रवाहलाई छिटो छरितो तुल्याउने, सरसफाई र वातावरण संरक्षणमा काम गर्ने उल्लेख छ । विकासका पूर्वाधारहरूको पहुँचमा ल्याई बस्तीस्तरसम्म विकासका अवसरहरूको पर्याप्त उपयोग गर्ने अवस्थाको सुनिश्चितता गर्ने, सन्तुलित, समावेशी र समन्यायिक विकासको अवधारणा मार्फत विभिन्न वर्ग, क्षेत्र, लिङ्ग, समुदाय र जातजातिको श्रोत साधनमा पहुँच अभिवृद्धि गर्ने, उत्पादनमूलक क्षेत्रमा ब्यवसायिकता र उद्यमशीलताको विकास एवं सामाजिक परिचालनमा गरिवी न्यूनीकरण, पछाडि परेका वडामा प्राथमिकताका आधारमा विकास,सामाजिक आर्थिक रूपान्तरण गर्ने, स्वच्छ सुरक्षित खानेपानी, सरसफाई र स्वास्थ्य सम्वन्धी चेतनाको अभिबृद्धि गरी दीर्घकालीन लक्ष्य प्राप्तिमा टेवा पुर्‍याउने, सरोकारवालाहरू वीच समन्वय कायम गर्दै जनसहभागिता, पारदर्शिता र उत्तरदायित्व वढाई सु–शासनको प्रत्याभूति दिने, वातावरणमैत्री नीति योजना र कार्यक्रम तय गरी कार्यान्वयन गर्ने, कृषि एवं पशुपालनलाई ब्यवसायिकरण गरी आय आर्जन वृद्धि गर्ने, समृद्ध, समुन्नत र श्रोत सम्पन्न आधुनिक गाउँपालिकाको रूपमा विकास गर्ने विषय समावेश छ ।

उपाध्यक्ष चिदीले गाउँपालिकाको समग्र विकास तथा समृद्दिका लागि अवलम्वन गरिने नीति तथा कार्यक्रम, आर्थिक, सामाजिक, पुर्वाधार, बन वातावरण तथा विपद व्यवस्थापन, सुशासन तथा संस्थागत विकास, लक्षित वर्गका बिषयमा अबलम्बन गरिने नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो ।

गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले प्रस्तुत गर्नुभएको ५० करोड १८ लाख २३ हजारको बजेट सर्वसम्मत रुपमा पारित भएको छ । बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, सामाजिक विकासका साथै खानेपानी लगायतमा समानुपातिक ढंगबाट बजेट विनियोजन भएको उपाध्यक्ष पाठकले बताउनुभयो । बगनासकाली गाउँपालिकाले पछिल्लो समय गरेका निर्णयहरु जस्तै सबै अपांगता भएका ब्यक्तिहरुलाई भत्ता लगायत अन्य बिषयका लागि पनि बजेट बिनियोजन गरेको छ । बगनासकालीका हरेक क्षेत्रका नागरिकहरुसँगको सुझाव सल्लाहको आधारमा नै बजेट ल्याइएको र बजेटको सफल कार्यान्वयन हुने उपाध्यक्ष पाठकले बताउनुभयो ।

सभामा बगनासकाली गाउँपालिकाको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको समिति संयोजक उमादेवी न्यौपानेले प्रस्तुत गर्नुभएको आर्थिक बिधेयक, बगनासकाली गाउँपालिकाको बिनियोजन बिधेयक पनि सर्वसम्मत रुपमा पारित भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बिष्णु घर्तीले बताउनुभयो । कार्यक्रममा बगनासकाली गाउँपालिकाका प्रवक्ता टिका बहादुर थापा, वडा नं. ९ का अध्यक्ष ठानेश्वर तिमिल्सिना, वडा नं. ९ का वडा सदस्य कृष्ण भुसालले धारणा सहित सुझाव राख्नुभएको थियो ।

सभामा बगनासकाली गाउँपालिका अन्तर्गत उत्कृष्ट कार्यसम्पादन गर्ने ६ जना कर्मचारीहरुलाई नगद, सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको छ । कार्यक्रमकै अवसरमा गाउँपालिकाले प्रकाशन गरेको सार्वजनिक सेवाप्रवाह बडापत्रको पनि बिमोचन गरिएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com