2

Logo २०८३ बैशाख १३ आइतबार
रामपुर नगर सरकारको आगामी बर्षको बजेट ७२ करोड, ४७ लाख ९५ हजार

रामपुर नगर सरकारको आगामी बर्षको बजेट ७२ करोड, ४७ लाख ९५ हजार


Sabalnews प्रकाशित मिति : शुक्रबार, असार १० २०७९
2.7K

पाल्पा ।

रामपुर नगरपालिकाको शुक्रवार सम्पन्न नगर सभाले आगामी आर्थिक वर्षको लागि ७२ करोड, ४७ लाख ९५ हजार रुपैयाँ रकम विनियोजन गरेको छ ।

नगर सभामा आर्थिक वर्ष २०७९/०८० को विनियोजन विद्येयक र आर्थिक बिधेयक ऎन प्रस्तुत गर्दै नगर उपप्रमुख बालकुमारी थापाले ७२ करोड ४७ लाख ९५ हजार रुपया रकम सार्वजनिक गर्नुभयो । जस अन्तर्गत संघ तर्फ ६० करोड ४४ लाख ६४ हजार, प्रदेश तर्फ ६ करोड ३ लाख ३१ हजार र आन्तरिक स्रोत ६ करोड आम्दानी गर्ने लक्ष्य लिएको छ ।

खर्च अन्तर्गत वडागत बजेट ५ करोड २० लाख, सशर्त कार्यक्रम ३५ करोड ४४ लाख, क्षेत्रगत कार्यक्रममा ३१ करोड ८३ लाख ९५ हजार विनियोजन गरेको छ । बिषयगत कार्यक्रम मध्ये आर्थिक विकासमा ४ करोड ४५ लाख ७५ हजार ३ सय, सामाजिक विकासमा ७ करोड ३२ लाख ३० हजार ८ सय ५०, पूर्वाधार विकासमा ११ करोड १४ लाख, ३८ हजार २ सय ५०, विपद व्यवस्थापन तर्फ ९५ लाख ५१ ह्जार ८ सय ५० र सुशासन तथा प्रशासनिक खर्चमा ७ करोड ९५ लाख ९८ हजार ७ सय ५० विनियाजन गरेको छ ।

पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर एघारौं नगर सभामा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम संशोधन सहित सर्वसहमतिले पारित गरेको छ । नयाँ योजना संगै पुराना योजनालाई नीति तथा कार्यक्रमले समेटेको छ ।

सहज सेवा, नमुना र सुन्दर नगर तथा नागरिकमा स्थानीय सरकारको महशुस हुने गरि यसै बर्ष र आगामी दीर्घकालीन योजना तथा सम्भाव्यताको खोजी गर्ने गरि नगरले कार्यक्रम ल्याएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com