2

Logo २०८३ बैशाख १३ आइतबार
रामपुर ४ मा योजना तर्जुमा तथा टोल विकास सस्था अभिमुखीकरण

रामपुर ४ मा योजना तर्जुमा तथा टोल विकास सस्था अभिमुखीकरण


Sabalnews प्रकाशित मिति : बुधबार, असार ८ २०७९
785

पाल्पा ।

आर्थिक बर्ष शुरु हुनै लाग्दा जिल्लाका स्थानीय तहले आगामी बर्षको योजना तर्जुमा तथा टोल सस्थालाई चलायमान गराउन अभिमुखीकरण कार्यक्रम गरेको छ ।

रामपुर नगरपालिका वडा नं ४ पाल्पाले वार्षिक नीति तथा योजना तर्जुमा एवम् टोल विकास संस्था अभिमुखीकरण कार्यक्रम गरेको छ ।

कार्यक्रम उद्घाटन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले नमुना शहर बनाउन प्राथमिकताको आधारमा योजना बनाई कार्यान्वयनमा लाने गरि अघि बढ्न आग्रह गर्नुभयो । टोल विकास संस्था काममा प्रतिस्पर्धा गर्दै उत्कृष्ट हुनुपर्नेमा जोड दिनुभयो । नमुना वस्ती विकास गर्ने, देखिन लायकको शहर बनाउने योजना रहेको हुदा यस काममा स्थानीयको सहयोग आवश्यक रहेको नगर प्रमुख थापाले बताउनुभयो । प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदीले टोल विकास समितिको काम, कर्तव्य र अधिकारका सम्बन्धमा जानकारी गराउदै टोल सस्थाको महत्त्वपूर्ण भुमिका हुने बताउनुभयो ।

कार्यक्रममा रामपुर ३ का वडाध्यक्ष दामोदर पाठक, नेपाली कांग्रेस वडा सभापति थर्कबहादुर राना, नेकपा एमाले वडा कमिटि अध्यक्ष डिलबहादुर कौशीले बोल्दै वडाको प्राथमिकताको आधारमा विकास निर्माणका विभिन्न काम गर्दै जानुपर्ने बताउनुभयो । रामपुर ४ मा १७ वटा टोल विकास संस्था छ ।

टोल विकास संस्थामार्फत हुने काममा पूर्वाधारतर्फ १ सय ९, सिंचाईतर्फ ९, भवनतर्फ २१, खानेपानीतर्फ २४, सामाजिक विकासतर्फ ५ गरी जम्मा १ सय ६८ वटा विभिन्न योजना संकलित भएर वडामा आएको छ । प्राथमिकताको आधारमा कार्यपालिका बैठकले पास गरी नगर सभाले लैजानेछ ।

वडाध्यक्ष रामबहादुर रानाको अध्यक्षता,  वडा सदस्य ताजिम महम्मद अजिम शेखको स्वागत र वडा सचिव सबिता रानाको संचालनमा कार्यक्रम भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com