युथ युनियन मटेरीको नेतृत्वमा ठुलोटार क्षेत्र सरसफाइ
पाल्पा ।
युथ युनियन मटेरीको आयोजनामा सामाजिक कार्य अन्तर्गत रामपुर नगरपालिका ५ मटेरी ठूलोटारमा सरसफाई भएको छ ।
बर्षायामको शुरुवातमा ठुलोटार सरसफाइ गर्दै क्लबले बर्षायामको पानी र हिलोमा अन्य फोहोर र झाडी पन्छाएको हो । सरसफाइ कार्यक्रममा जनप्रतिनिधि रामपुर नगरपालिका ५ का वडाअध्यक्ष दुर्गाप्रसाद पोखरेलले क्लबले गर्दै आएका सामाजिक कामले धेरैलाई प्रेरणा दिएको बताउनुभयो । उहाँले क्लब र युवाको सक्रियताको लागि यस्तै रचनात्मक कार्यमा समन्वय सहकर्य हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा जनप्रतिनिधि, नेपाली सेना, प्रहरी, स्थानीय महिला समुह, क्लबका पदाधिकारी, सल्लाहकार, स्थानीयबासीको सहभागीता रहेको थियो ।
क्लबका अध्यक्ष कमल रानाको अध्यक्षतामा सरसफाइ कार्यक्रम भएको हो ।