महिला उद्यमशिलताका लागि जल्पामा चलेको गुडिया तालिम सकियो
पाल्पा ।
महिलाहरुलाई उद्यमशील गराई आत्मनिर्भर बनाउने उद्देश्यले पाल्पाको पुर्वखाेला गाउँपालिका २ जल्पाका महिलाहरूलाई दिइएको डल तथा कुशन बनाउने तालिम सकिएको छ ।
गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत पुर्वखोला गाउपालिकाकाे आयाेजना र ग्रामीण उद्यमशिलता विकास केन्द्रकाे सहजीकरणमा चलेको तालिममा वडाका १८ जना महिला दिदीबहिनीकाे सहभागी रहेकाे थियाे ।

सहभागीलाई तालिम सिकाईको प्रमाणपत्र प्रदान गर्नुहुदै वडा सचिव भाेज बहादुर रानाले सहभागीलाई तालिमले आर्थिक रुपमा बलियो बनाउने बताउनुभयो । घरमै बसेर आयआर्जनको राम्रो स्रोत बन्न सक्ने उहाको भनाई थियो ।
वडा सदस्य खेम बहादुर घर्तीले तालिममा सिकेका सिपलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।
मुख्य प्रशिक्षक माया सारूले तालिम अबधिमा सिक्न खोज्ने महिलाले धेरै उत्कृष्ट खालको डल बनाएको र केहीको हात बस्न समय लागेपनी अब राम्रो गर्न सक्ने बताउनुभयो ।
जल्पा लघुउद्यमी विकास समूहकी अध्यक्ष दिलमाया कुवरकाे अध्यक्षतामा चलेकोन्तालिम समापन कार्यक्रमको संचालन ईश्वरी भण्डारीले गर्नुभएको कार्यक्रम संयाेजक अनिता तिवारीले जानकारी दिनुभयो ।