2

Logo २०८३ बैशाख १३ आइतबार
महिला उद्यमशिलताका लागि जल्पामा चलेको गुडिया तालिम सकियो

महिला उद्यमशिलताका लागि जल्पामा चलेको गुडिया तालिम सकियो


Sabalnews प्रकाशित मिति : सोमबार, असार ६ २०७९
911

पाल्पा ।

महिलाहरुलाई उद्यमशील गराई आत्मनिर्भर बनाउने उद्देश्यले पाल्पाको पुर्वखाेला गाउँपालिका २ जल्पाका महिलाहरूलाई दिइएको डल तथा कुशन बनाउने तालिम सकिएको छ ।

गरिबी निवारणका लागि लघुउद्यम विकास  कार्यक्रम अन्तर्गत पुर्वखोला गाउपालिकाकाे आयाेजना र  ग्रामीण उद्यमशिलता विकास केन्द्रकाे सहजीकरणमा चलेको तालिममा वडाका १८ जना महिला दिदीबहिनीकाे सहभागी रहेकाे थियाे ।

सहभागीलाई तालिम सिकाईको प्रमाणपत्र प्रदान गर्नुहुदै वडा सचिव भाेज बहादुर रानाले सहभागीलाई तालिमले आर्थिक रुपमा बलियो बनाउने बताउनुभयो । घरमै बसेर आयआर्जनको राम्रो स्रोत बन्न सक्ने उहाको भनाई थियो ।
वडा सदस्य खेम बहादुर घर्तीले तालिममा सिकेका सिपलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।
मुख्य प्रशिक्षक माया सारूले तालिम अबधिमा सिक्न खोज्ने महिलाले धेरै उत्कृष्ट खालको डल बनाएको र केहीको हात बस्न समय लागेपनी अब राम्रो गर्न सक्ने बताउनुभयो ।

जल्पा लघुउद्यमी विकास समूहकी अध्यक्ष दिलमाया कुवरकाे अध्यक्षतामा चलेकोन्तालिम समापन कार्यक्रमको संचालन ईश्वरी भण्डारीले गर्नुभएको कार्यक्रम संयाेजक अनिता तिवारीले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com