2

Logo २०८३ बैशाख १३ आइतबार
बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको चर्को मूल्य, कति पुग्यो ?

बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको चर्को मूल्य, कति पुग्यो ?


Sabalnews प्रकाशित मिति : सोमबार, असार ६ २०७९
1.5K

काठमाण्डाै –
सरकारले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धी गरेको छ ।डिजल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि भएको छ ।

बढेको मूल्य गएराति १२ बजेदेखि लागू भएको नेपाल आयल निगमले जनाएको छ । यससँगै एक लिटर पेट्रोलको मूल्य अब १ सय ९९ रुपैयाँ पुगेको छ । यसैगरी एक लिटर डिजल र मट्टीतेल किन्न १ सय ९२ रुपैयाँ तिर्नुपर्ने भएको छ । निगमले हवाई इन्धनमा पनि आन्तरिकतर्फ १९ रुपैयाँले बढाएर १ सय ८५ रुपैयाँ प्रतिलिटर पुर्याएको छ । हवाई इन्धनको बाह्यतर्फ भने एक सय अमेरिकी डलरले मूल्यवृद्धि गरिएको छ ।

खाना पकाउने ग्यासको मूल्य भने नबढाइएको निगमले जनाएको छ ।     तेलको बढेको मूल्य-

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com