2

Logo २०८३ बैशाख १३ आइतबार
प्रेस चौतारी पाल्पाद्दारा जनप्रतिनिधिलाई सम्मान

प्रेस चौतारी पाल्पाद्दारा जनप्रतिनिधिलाई सम्मान


Sabalnews प्रकाशित मिति : आइतबार, असार ५ २०७९
1K

पाल्पा –

प्रेस चौतारी नेपाल पाल्पा शाखाले स्थानीय तह सदस्य निर्वाचन- २०७९ मा निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको छ । प्रेस चौतारीको सदस्य र नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान तथा बधाई दिएको हो ।

शुक्रबार तानसेनमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका नवनिर्वाचित प्रमुख टंकनाथ खनाल र उप प्रमुख काशिका गैरेलाई सम्मान गरेको छ । बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदी, उपाध्यक्ष हरि प्रसाद पाठक , तिनाउँ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ, रम्भा गाउँपलिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारी, उपाध्यक्ष राधा कुमारी श्रेष्ठ, माथागढी गाउँपालिका अध्यक्ष यम बहादुर चिदी, उपाध्यक्ष विष्णु कुमारी लुङचे, निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारु, उपाध्यक्ष तिरन कुमारी श्रेष्ठलाई सम्मान गरेकोे हो ।

यसैगरी प्रेस चौतारीबाट जनप्रतिनिधिमा निर्वाचित हुनु भएको तानसेन नगरपालिका वडा नं. ८ का वडाध्यक्ष सोमनाथ अर्याल , वडा नंं ९ का वडा अध्यक्ष राजेश कुमार अर्याल , बगनासकाली वडा नं. ५ का वडा अध्यक्ष ओमप्रकाश गैरे, बगनासकाली कार्यपालिका सदस्य गिता रेग्मी, पुर्वखोलाका भुवन सिंजालीलाई सम्मान गरेको छ । सम्मानित जनप्रतिनिधिहरुलाई अबिर, माला र दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गरेको हो ।

सम्मान कार्यक्रमा नेकपा एमाले पोलिटब्युरो सदस्य तथा पाल्पा इन्चार्ज ठाकुर गैरेले जनता समक्ष गरेका प्रतिवद्धता पूरा गर्नेगरि ५ बर्ष भित्र काम गर्न निर्वाचित जनप्रतिनिधिहरुलाई अनुरोध गर्नुभएको छ । नेता गैरेले मुलुकमा अहिले डरलाग्दो गरी बिदेशी हस्तक्षेप बढदै गएको , गठवन्धन सरकारकै कारण मुलुकमा अन्याय , अत्याचार , महङ्गी बढेको भन्नुहुँदै गठवन्धन सरकार जति दिन सत्तामा रहन्छ त्यो जनताको लागि प्रशव पिडा भएको बताउनुभएको छ ।

नेकपा एमाले पाल्पा जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरेले एमाले पाल्पामा पहिलो पार्टी भई जनताको सेवामा जुटेको बताउनुहुँदै एमालेले जिल्ला समन्वय सहित ६ पालिका प्रमुख र ५ वटा उप प्रमुखमा विजयी भएका जनतप्रतिनिधिहरुलाई जनताको चाहना अनुसार काम गर्न अनुरोध गर्नुभएको छ ।
जिल्ला समन्वय समिति पाल्पाका अध्यक्ष टंकनाथ खनालले जनप्रतिनिधिहरुले गरेका कामलाई पारदर्शी बनाउने काम पत्रकारहरुको रहेको बताउनुहुँदै जिल्लाका सबै पालिकासँग समन्वय गरेर काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

प्रेस चौतारी नेपाल केन्द्रिय अनुशासन आयोगका उपाध्यक्ष भगवान भण्डारीले जनताको घरदैलोमा पुगी जनता समक्ष गरेको प्रतिवद्धता , घोषणापत्र अनुसारको काम जनताले दिएको भावना र संविधानले दिए अनुसार काम गर्न सुझाव दिनुभएको छ । प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशका सहइन्चार्ज कमलराज तिमिल्सिनाले जनप्रतिनिधिहरुले राम्रो काम गरे सम्मान गर्ने अन्यथा बिरोध गर्ने बताउनुभएको छ । बरिस्ठ पत्रकार मेघराज शर्माले जनताको आशा , भरोसा , विश्वास दिलाउने गरी काम गर्न अनुरोध गर्नुभएको छ ।

सम्मान कार्यक्रममा माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदी , बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदी , तिनाउँ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ पुर्बखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापा , रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारी लगायतले बोल्नुहुँदै पत्रकार र जनप्रतिनिधिहरु नङ र मासुको सम्वन्ध रहेको अवस्थामा आगामी दिनमा सहकार्य गरेर काम गर्ने बताउनुभएको छ । नेकपा एमाले तानसेन नगर कमिटीका अध्यक्ष गुराँस आत्रेयले पाल्पामा एमाले विगतको तुलनामा बलियो बन्दै गएको बताउनुभएको छ । कार्यक्रममा तानसेन नगरपालिका वडा नं. – ८ , का वडा अध्यक्ष राजेश कुमार अर्यालले आफु विगतमा पत्रकार रहेको र पत्रकारहरुको भावना समस्या बुझेकोले सोही अनुसार सहकार्य गरेर काम गर्ने प्रतिवद्धता गर्नुभएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका कोषाध्यक्ष मुक्ति न्यौपाने , स्वतन्त्र पत्रकार संघ पाल्पाका अध्यक्ष भोजराज भट्टराईले पत्रकारमैत्री भएर काम गर्न जनप्रतिनिधिहरुलाई अनुरोध गर्नुभएको छ ।

कार्यक्रममा युवा संघ नेपालका केन्द्रिय सचिव तुलबहादुर अधिकारीले आफ्नो धर्मपत्नी प्रतिक्षा अर्याल अधिकारीको नाममा ५० हजार ५ सय ५५ रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको छ । अधिकारीले यस अक्षयकोषबाट शिक्षा क्षेत्रमा कलम चलाउने पत्रकारलाई पुरस्कृत गर्न अनुरोध गर्नुहुँदै आगामी ५ वर्षमा १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ पुर्याउने घोषणा गर्नुभएको छ ।

प्रेस चौतारी नेपाल पाल्पा शाखाका अध्यक्ष कृष्ण कार्कीको अध्यक्षता, उपाध्यक्ष बन्दना पोखरेलको स्वागत र सचिव नारायण न्यौपानेको सञ्चालनमा कार्यक्रम भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com