2

Logo २०८३ बैशाख १३ आइतबार
पाल्पा जिल्ला समन्वय समितिमा एमाले प्यानल बिजयी

पाल्पा जिल्ला समन्वय समितिमा एमाले प्यानल बिजयी


Sabalnews प्रकाशित मिति : शुक्रबार, असार ३ २०७९
932

पाल्पा ।

जिल्ला समन्वय समिति पाल्पामा नेकपा एमालेको प्यानल नै बिजयी भएको छ । १० पालिका रहेको पाल्पामा गत बैशाख ३० गते स्थानीय तहको निर्वाचनमा बिजयी भएका नगरप्रमुख/ उपप्रमुख, अध्यक्ष /उपाध्यक्षको मताधिकार रहेको समन्वय समितिको प्यानल नै एमालेले जितेको हो ।

जिल्ला समन्वय समिति प्रमुखमा रामपुर नगरपालिकाका टंक खनाल, उपप्रमुखमा तानसेन नगरपालिकाका काशिका गैरे, सदस्यहरुमा तानसेन नगरपालिकाका बसन्ता ज्ञवाली, माथागढी गाउँपालिकाका केशमाया सुनार, रैनादेवी छहरा गाउँपालिकाका बिष्णु घिमिरे, बगनासकाली गाउँपालिकाका केशबराज खराल, रम्भा गाउँपालिकाका भविसरा सारु, पुर्वखोला गाउँपालिकाका रितमान श्रेष्ठ र निस्दी गाउँपालिकाका प्रताप सिंह थापा बिजयी भएका छन् ।

१० स्थानीय तहका २० जनाको मताधिकार अन्तर्गत नेकपा एमालेका ११ र गठबन्धनका ९ जनामा भएको समितिको निर्वाचनमा एमालेको बहुमतले प्यानल नै बिजयी भएको हो । बिजयी एमाले प्यानलले समान ११ मत र गठबन्धनका उमेदवारले समान ९ मत ल्याएका छन् ।

पाल्पामा बैशाख ३० मा एकैसाथ निर्वाचन भएपनि बिवादका कारण रम्भा गाउँपालिकाको मतगणना ढिलो भएको थियो । सोही अनुरुप जिल्ला समन्वय समितिको निर्वाचन पनि ढिलो गरि शुक्रबार भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com