भैरहवाको होटेल पाैवाकाे स्वीमिङ्ग पुलमा डुबेर एक युवाको मृत्यु
भैरहवाको होटल पौवाद्वारा सञ्चालित स्वीमिङ्ग पुलमा डुबेर एकजना युवाको मृत्यु भएको छ ।
गर्मीको समय साथीहरु संग स्वीमिङ गर्न गएका सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ का २७ वर्षिय सुमित तुलाधरको स्वीमिङ पुलमा मृत्यु भएको रुपन्देही प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलका अनुसार शुक्रबार साथीहरुसंगै पौडी खेल्न होटल पौवा पुगेका तुलाधर सवा ५ बजेतिर स्विमिङ्ग पुलमा डुबेका थिए ।
तुलाधरलाई उद्दार गरी अस्पताल लगिए पनि उपचारको क्रममा उनको मृत्यु भएको डीएसपी पौडेलले जानकारी दिनुभयो । पौवामा बालबालिका र वयस्कका लागि अलगअलग स्वीमिङ्ग पुल रहेको छ । यससंगै एउटा पोखरी पनि होटल परिसरमा छ । मदिरा जन्य पदार्थ बिक्री हुने सो रेष्टुरेन्टमा हिजोआज गर्मीले स्वीमिङ जानेहरु बाक्लिएका छन् ।