2

Logo २०८३ बैशाख १३ आइतबार
पाल्पामा तिन महिना टिपर सञ्चालनमा रोक

पाल्पामा तिन महिना टिपर सञ्चालनमा रोक


Sabalnews प्रकाशित मिति : बिहिबार, असार २ २०७९
981

पाल्पा ।

पाल्पामा तीन महिना टिपर सञ्चालन गर्न नपाइने भएको छ।सडक डिभिजन कार्यालय पाल्पाले सूचना प्रकाशित गरी असारदेखि भदौ मसान्तसम्म टिपर सञ्चालनमा रोक लगाएको हो।

सिद्धार्थ राजमार्गअन्तर्गत दोभान–सिद्धबाबा खण्डमा कालोपत्रे गर्ने काम भइरहेको छ। ठूला र अत्यधिक भारवहन सवारीसाधन सञ्चालन हुँदा कालोपत्रेको पटहोल निस्कने र सडक जीर्ण बन्ने भएकाले टिपर सञ्चालनमा रोक लगाइएको कार्यालयका प्रमुख रामेश्वर लम्सालले बताउनुभयो ।

वर्षादका वेला सवारीको चाप बढी हुन्छ ।त्यसैले अत्यधिक भारवहन टिपरलाई सञ्चालनमा रोक लगाइएको हो। जिल्ला प्रशासन कार्याल पाल्पा, जिल्ला प्रहरी कार्यालय पाल्पा र जिल्ला समन्वय समितिको कार्यालयलाई टिपर सञ्चालनमा रोक लगाएको जनाएको छ ।

गत जेठ ३० गते सूचना प्रकाशित गरी टिपर सञ्चालनमा रोक लगाउन सडक कार्यालयले भनेको छ। आधिकारिक पत्र नआएको हुँदा आफूहरूले टिपर सञ्चालनमा रोक नलगाएको जिल्ला ट्राफिक कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लले बताउनुभयो। पाल्पा – बुटवल सदकखण्ड हुँदै दैनिक ३ हजार बढी टिपर सञ्चालन हुँदै आएका छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com