सरकारी विद्यालयका विद्यार्थीलाई समाजसेवी पन्थीको सहयोग
पाल्पा ।
सार्वजनिक प्राथमिक बिद्यालय तानसेन नगरपालिका १२ बौघापोखराथोकका विद्यार्थीलाई मानव अधिकार कर्मी तथा समाजसेवी मिना पन्थीले झोला हस्तान्तरण गर्नुभएको छ ।
सामाजिक कार्यमा सक्रिय पन्थीले विद्यालयमा अध्ययनरत ५६ जना विद्यार्थीलाई झोला प्रदान गर्नुभएको हो । गाउँको सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पठनमा आकर्षण गराउन तथा पढ्ने स्कुल जाने बानीको निकास गराउन झोला सहयोग गर्नुभएको हो ।

व्यक्तिगत खर्चमा बिद्यालयमा अध्ययन ति वालबालिकाहरुलाई घरमै पुगेर झोला प्रदान गर्दै नयाँ कुराको खोज र अपेक्षा गर्ने विद्यार्थी उमेरमा उनीहरुको पढाईप्रतिको मोह बढाउन यसले भुमिका खेल्ने पन्थीले बताउनुभयो ।