2

Logo २०८३ बैशाख १३ आइतबार
रामपुर नगरपालिकाका किसानलाई ५०% अनुदानमा धानको बिउ

रामपुर नगरपालिकाका किसानलाई ५०% अनुदानमा धानको बिउ


Sabalnews प्रकाशित मिति : मंगलबार, जेष्ठ ३१ २०७९
946

पाल्पा ।

पाल्पाको रामपुर नगरपालिकाले किसानलाइ उत्पादन बढाउन अनुदानमा उन्नत जातको धानको बीउ वितरण गरेको छ ।

सरकारको सशर्त अनुदानबमोजिम अनुदान कार्यक्रम अन्तर्गत  किसानको मागका आधारमा सावित्री र साँवा मन्सुली जातको घानको बीउ वितरण गरेको रामपुर नगरपालिका कृषि शाखाले जनाएको छ । नगरपालिकाले प्रत्येक बर्ष किसानलााई अनुदानमा धानको बीउ बितरण गर्दै आइरहेको छ ।

मागको आधारमा किसानलाई २० टन सावित्री, साढे चार टन साँवा मन्सुली, बहुगुडी २ टन र सुनौलो सुगन्ध गरी झण्डै २६ टन धानको बीउ वितरण गरेको रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरि पाण्डेयले जानकारी दिनुभयाे ।

सरकारले तोकेको मूल्यका आधारमा ५० प्रतिशत अनुदानमा प्रतिकिलो ७८ रुपैया पर्ने सावित्री र साँवा मन्सुली धान  ३९  रुपैया बहुगुडी २ जातको ४१ टन र सुनौलो सुगन्ध जातको ५२ रुपैया प्रतिकिलो बिउ कृषि सहकारी, समूह र कृषकलाई उपलब्ध गराएको कृषि प्राविधिक कृषि शाखाका प्रज्वल केसीले बताउनुभयाे । बितरित यो बीउले करिब आठ हजार ५०० रोपनी क्षेत्रफलमा पुग्नेछ ।

यसैबिच, रामपुर–६ को सातबिसे सेरामा करिब २ सय रोपनी क्षेत्रफलमा धान बालीमा बिजबृत्ति  कार्यक्रम सञ्चालन भएको छ । कृषि ज्ञानकेन्द्र पाल्पामार्फत बीउ पाएपछि किसान उत्साहित छन् । एग्रोभेटमा प्रतिकिलो १ सय भन्दा बढी मूल्यमा बिक्री भइरहेको धान नगरपालिकाले ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको हो ।

गत वर्ष करिब २० टन धानको बीउ वितरण गरिएको थियो । धान उत्पादनको पकेट क्षेत्र मानिएको रामपुरमा करिब एक हजार ८ सय हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । उन्नत जातको बीउ पाउन थालेपछि पानी कम हुने सुक्खा क्षेत्रमा पनि किसानले खेती गर्न थालेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com