राज्यमन्त्री वली पक्राउ, बस्नेतको श्रीमती र छोरीलाई गरिन् हातपात
दाङ ।
महिलामाथि हातपात गरेको आरोपमा लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीलाई प्रहरीले पक्राउ गरेको छ। स्थानीय एकराज बस्नेतको घरभित्रै पसेर उहाँकी श्रीमती र छोरीमाथि कुटपिट गरेकाे आराेपमा वली पक्राउ परेको प्रहरीले जनाएको छ ।
मंगलबार बिहान दाङको तुलसीपुर उपमहानगरपालिका-५ बसपार्क लालुमण्डीे पछाडि रहेको बस्नेतको घरमा पुगेर वलीले मिना भण्डारी बस्नेत र उहाँकी तीन वर्षीया छोरीमाथि कुटपिट गरेको स्थानीयले बताएका छन् । मन्त्री आफैँ अर्काको घरभित्र पसेर महिला र नाबालिग छोरीमाथि कुटपिट गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
वलीका श्रीमान् तत्कालीन प्रदेश सभा सदस्य उत्तरकुमार वलीको गाडी दुर्घटनामा परि ज्यान गएकाे थियाे । उपचुनावमा नेकपा एमालेबाट निर्वाचित हुनुभएकी वली अहिले नेकपा माओवादी केन्द्रमा हुनुहुन्छ ।
केही समय पहिले पनि राज्य मन्त्री वली र मीनाका पति एकराज बस्नेतको बीचको प्रेम प्रसङ्ग बाहिरिएको थियो ।