2

Logo २०८३ बैशाख १३ आइतबार
रासायनिक मलको अभाव विरुद्ध पाल्पामा बिरोध

रासायनिक मलको अभाव विरुद्ध पाल्पामा बिरोध


Sabalnews प्रकाशित मिति : बिहिबार, जेष्ठ २६ २०७९
995

पाल्पा ।

रासायनिक मलको अभावमा पाल्पाको रामपुरमा किसानले सरकारको बिरोध गरेका छन् ।

अखिल नेपाल किसान महासंघ रामपुरले बिहिवार रामपुर बजारमा प्ले कार्ड सहित मलको चरम अभाव किसानहरूले झेलिरहेको बताउदै उत्पादनमा ह्रास आउने गरि सरकार मल आपूर्तिमा वेवास्ता गरेको जनाएका छन् ।

सरकारले सधै सर्वसाधारण किसानलाई मलको अभाव, महंगी बढाएर मारमा पारेपछि आन्दोलन गर्न बाध्य भएको उनीहरुको भनाई छ । किसानलाई आवश्यक पर्ने गुणस्तरीय मल, विउको सहज आपुर्ति गर, बढ्दो महंगी नियन्त्रण गर सहितका नारा लेखिएको प्ले कार्ड बोकेर बेंझाडबजार परिक्रमा गरेको किसानको बिरोध र्‍याली ईलाका प्रशासन कार्यालय रामपुर पुगेर प्रशासन मार्फत प्रधानमन्त्रीलाई १९ वुदें माग सहितको ज्ञापन पत्र बुझाएको छ । र्‍यालीमा किसानदेखि जनप्रतिनिधि, नेता कार्यकर्ता सहभागी थिए ।

नेपाल व्यवसायी बाख्रापालन महासंघका उपाध्यक्ष सूर्यप्रसाद रेग्मी, अखिल नेपाल महासंघका केन्द्रिय सदस्य कृष्णप्रसाद श्रेष्ठ, नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा रामपुर नगर ईन्चार्ज राजेन्द्रप्रसाद लम्साल लगायतले जनताको पक्षमा सरकार नभएको बताउदै किसानले मकैमा हाल्ने मल र अब धान रोप्दा छर्ने मल नपाउदा मर्कामा किसान पहेको बताएका थिए ।

कार्यक्रमको संचालन अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य शंकर गौतमले गर्नु भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com