फेरि बढ्यो इन्धनको भाउ
काठमाडौं ।
नेपाल आयल निगमले इन्धनको भाउ फेरि बढाएको छ । बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजेल, मट्टितेलमा १२/१२ रुपैयाँ बढाउने निर्णय गरेको निगमले जनाएको छ ।
२ हप्ता अघि पेट्रोलियम पदार्थमा मुल्य वृद्धि गरेको भन्दै बिरोध भएको थियो । सरकारले गत जेठ १९ गते पूर्वाधार कर बराबर प्रतिलिटर १० रुपैयाँ पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य समायोजन गरेको हो । आज बिहीबारको नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १ सय ७८ र डिजेल तथा मट्टितेलको १ सय ६५ रुपैयाँ प्रतिलिटर पर्नेछ ।
खाना पकाउने ग्यासको भाउ यथावत रहेको आयल निगमले जनाएको छ ।
(पेट्रोलियम पदार्थको मूल्य वृद्धि यस प्रकार छ) –
