शिक्षण सिकाई प्रभाबकारी बनाउन शैक्षिक सामाग्री निर्माण
पाल्पा ।
शैक्षिक सामाग्री निर्माण सम्बन्धी ४ दिने तालिम रामपुर ८ मा सकिएको छ । नमुना माध्यमिक विद्यालय गंगा माध्यामिक बिद्यालयमा चलेको तालिममा यस क्षेत्रका विद्यालयका शिक्षकहरुको सहभागिता रहेको थियो ।

विद्यार्थीलाई पठनपाठनमा रुचिपुर्ण र आकर्षक बनाउन शैक्षिक सामाग्री निर्माण गराउने गरी चलेको तालिममा सहभागी शिक्षकहरुले सानाकक्षा दखि पढौ-पढौ लाग्ने गरि विभिन्न रंगीचंगी शैक्षिक समाग्री निर्माणको ज्ञान बटुलेका छन् । विद्यार्थीलाई कक्षाकोठामा आबश्यक पर्ने शैक्षिक सामाग्री स्वंयम् शिक्षकले तयार गरि शिक्षण सिकाईलाई प्रभावकारी बनाउन तालिम सहयोग पुग्ने विद्यालयका प्रध्यानध्यापक देवराज देवकोटाले जानकारी दिनुभयो ।

प्रशिक्षक विश्व देवकोटाले साना देखि अलि ठुला कक्षामा कस्ता सामाग्रीले आकर्षण बढाउन सकिन्छ भन्ने हेतुले शैक्षिक सामाग्री निर्माण गरेका छन् । विद्यालयका अध्यक्ष नरनारायण अर्यालको अध्यक्षतामा चलेको प्रशिक्षण नम्बर ८ का वडाध्यक्ष दिनेश आचार्य, स्रोतकेन्द्र रामतुलसी माध्यमिक बिद्यालयका प्रध्यानध्यापक बालकृष्ण लम्सालले शैक्षिक सामाग्रीको महत्व र यसको नियमित पढन र आकर्षणका बिषयमा बोल्नुभएको थियो ।
सोही, अबसरमा दरैठाटी माध्यमिक विद्यालयका प्रध्यानध्यापक सुन्दर प्रसाद देवकोटा, सीताराम माबिका प्रध्यानाध्यापक हरि अधिकारी, भानुभक्त माविका सुनिल देवकोटा लगायतले प्रशिक्षण कार्यको महत्व र सिकाईमा आबश्यकताका बिषयमा बोलेका थिए ।