2

Logo २०८३ बैशाख १३ आइतबार
नेकपा एकीकृत समाजवादीले गर्‍यो मन्त्रीहरू हेरफेर

नेकपा एकीकृत समाजवादीले गर्‍यो मन्त्रीहरू हेरफेर


Sabalnews प्रकाशित मिति : आइतबार, जेष्ठ २२ २०७९
750

काठमाडौं ।

नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीका मन्त्रीहरू हेरफेर गरेको छ ।

मन्त्रीहरू प्रेमबहादुर आले, रामकुमारी झाँक्री, विरोध खतिवडा र किसान श्रेष्ठलाई फिर्ता बोलाउँदै उनीहरूको ठाउँमा नयाँ मन्त्रीको नाम सिफारिस गरेको छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीका नेताहरु मेटमणि चौधरी, शेरबहादुर कुँवर, जीवनराम श्रेष्ठ र हिराचन्द्र केसीलाई मन्त्री बनाउन प्रधानमन्त्री समक्ष सिफारिस गर्नुभएको छ।

सिफारिस मध्ये शेरबहादुर कुँवर गैर सांसद हुन् । सुदूरपश्चिमबाट यश अघिका राष्ट्रियसभा सदस्य उनको  कार्यकाल गत फागुनमा सकिएको हो । यसअघि देउवा सरकारका कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका मन्त्री गोविन्द बन्दी पनि गैर सांसद मन्त्री थिए । बन्दी पनि नेकपा एस निकट हुन् ।

अध्यक्ष नेपालले ६ महिनामा मन्त्रिमण्डल हेरफेर गर्ने पार्टीको सहमतिअनुसार नै मन्त्री फेरबदल भएको बताएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com