2

Logo २०८३ बैशाख १३ आइतबार
पुनः तनहुँमा अबैध काठ बरामत

पुनः तनहुँमा अबैध काठ बरामत


Sabalnews प्रकाशित मिति : शनिबार, जेष्ठ २१ २०७९
3.2K

तनहुँ ।

तनहुँ प्रहरीले पुनः भिमादबाट अबैध काठ बरामत गरेको छ । बोलेरो गाडीमा अबैध काठ छ भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलचौतारा र भिमादबाट खटिएको संयुक्त प्रहरी टोलीले शुक्रबार बिहान साढे ५ बजे भिमाद नगरपालिका वार्ड नं ६ मालेबगर बाट उक्त गाडी नियन्त्रणमा लिएको हो ।

भिमाद नगरपालिका ३ सेर्काबाट बेलचौतारा तर्फ गइरहेको ग ३ च ३९३५ नं. को बोलेरो गाडीबाट ४० क्यू फिट (२५ थान ) चिरान सालको काठ सहित चालक र सहचालक २ जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक भोजराज पाण्डेले जानकारी दिनुभयो । आबश्यक अनुसन्धान कार्बाहीको लागि सब डिभिजन बन कार्यालय भिमाद पठाइएको प्रहरीले जनाएको छ ।

गाडीका चालक भिमाद न पा.६ भिमाद बस्ने २७ बर्षका सुन्दर थापा  र सोही वडा नयाँ बस्तीका सह-चालक ३४ बर्षका याम ब. बि.क रहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com