किशोरी करणी गरेको आरोपमा एक पुरुष पक्राउ
पाल्पा ।
एक किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पाल्पा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ ।
गुल्मी जिल्लाकी १९ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले तानसेन नगरपालिका ५ कैलाशनगरका ४१ वर्षका वीरबहादुर पौडेल क्षेत्रीलाई पक्राउ गरेको जनाएको छ ।
तीन दिनअघि तिनाउ गाउँपालिका ३ शिद्धबावास्थित पावर हाउस नजिकैको प्रतिक्षालयमा ती किशोरीमाथि जबर्जस्ती करणी भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका पुरुषमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।