2

Logo २०८३ बैशाख १३ आइतबार
अबैध उत्खनन् देखि राजमार्गको कडाईमा बेलचौतारा प्रहरी

अबैध उत्खनन् देखि राजमार्गको कडाईमा बेलचौतारा प्रहरी


Sabalnews प्रकाशित मिति : शुक्रबार, जेष्ठ २० २०७९
1.1K

तनहुँ ।

इलाका प्रहरी कार्यालय बेलचौताराले बिगतको तुलनामा गत डेढ महिना यता अबैध उत्खननमा संलग्न सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।

आर्थिक बर्षको शुरुवात साउन देखि गत चैत्र सम्म भन्दा गत डेढ महिनामा अबैध उत्खननमा संलग्न धेरै सवारी साधन नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ । आर्थिक बर्ष शुरु देखि चैतसम्मको ९ महिनामा १४ वटा बिभिन्न सवारी साधन नियन्त्रणमा लिएकोमा गत बैशाख र जेठको डेढ महिनामा अबैध उत्खननमा संलग्न त्यस्ता २० वटा सवारी साधनलाई नियन्त्रणमा लिन सफल भएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरिक्षक भोजराज पाण्डेले जानकारी दिनुभयो ।

बिशेष गरी तनहुँका बेलचौतारा आसपासका खोला किनारमा अबैध उत्खननमा संलग्न एक्साभेटर १, जेसिवि ३, टिप्पर ६, ट्याक्टर १० वटा गरी २० सवारी साधन नियन्त्रणमा लिएर १ लाख ९६ हजार रुपँया कारबाही तथा राजस्व संकलन गरेको छ ।
यस आर्थिक बर्षमा कुल ३४ वटा त्यस्ता सवारी साधनलाई नियन्त्रणबाट ४ लाख १६ हजार राजस्व संकलन भएको छ ।
गत बैशाख २ गते ललितपुरबाट सरुवा भई इलाका प्रहरी कार्यालय बेलचौतारामा आउनुभएका प्रहरी निरिक्षक भोजराज पाण्डेले शान्ति सुरक्षा र चेकजाचलाई कडाई गर्दै लगेपछि चोरी निकासी तथा अबैध क्रियाकलापमा संलग्नहरु नियन्त्रणमा आएका हुन् भने राजस्व पनि बृद्धि भएको छ । पोखरा- काठमाडौं सडकखण्डमा पर्ने बेलचौतारा प्रहरीले राजमार्गमा चल्ने सवारी साधन तथा यात्रुलाई सुरक्षित यात्राको लागि निगरानी बढाएको छ भने चालकलाई सम्झाउने गरेको छ ।

इलाका प्रहरी कार्यालय बेलचौताराले आर्थिक वर्ष २०७७/ ०७८ मा लागुऔषध मुद्धा २ वटा दर्ता गरेको थियो । यस आर्थिक बर्षमा बैशाख यता मात्रै लागुऔषधका ५ मुद्धा दर्ता भई अनुसन्धान चलिरहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com