स्याङ्जाका ११ स्थानीय तहलाई ४ अर्ब ६६ करोड २४ लाख बजेट
स्याङ्जा ।
आगामी आर्थिक वर्षका लागि सरकारले स्याङ्जाका ११ स्थानीय तहलाई ४ अर्ब ६६ करोड २४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
स्याङ्जामा ५ नगरपालिका र ६ गाउँपालिका गरि ११ स्थानीय तह छन् । जस अन्तर्गत नगरपालिकालाई २ अर्ब ७० करोड १७ लाख बजेट र गाउँपालिकाको लागि १ अर्ब ९६ करोड ७ लाख बजेट विनियोजन गरेको छ ।
जिल्लाका नगरपालिकामा सबैभन्दा बढी पुतलीबजार नगरपालिकामा ६३ करोड १३ लाख रुपैयाँ विनियोजन भएको छ भने सबैभन्दा कम भीरकोट नगरपालिकालाई ३९ करोड ७३ लाख रकम विनियोजन भएको छ ।