2

Logo २०८३ बैशाख १३ आइतबार
सुन्दरढुङ्गा–नेपाने मोटरबाटो अनुगमन गर्दै रैनादेवी छहराका अध्यक्ष भट्टराई

सुन्दरढुङ्गा–नेपाने मोटरबाटो अनुगमन गर्दै रैनादेवी छहराका अध्यक्ष भट्टराई


Sabalnews प्रकाशित मिति : मंगलबार, जेष्ठ १७ २०७९
2.7K

पाल्पा ।

पहिलोपटक मोटरबाटो अन्तर्गत सुन्दरढुङ्गा- नेपाने मोटरबाटो अबलोकन तथा अनुगमनमा पुग्नुभएका रैनादेवी छहरा गाउँपालिका अध्यक्ष रुक्मागत भट्टराईले निर्माण व्यवसायीलाई मापदण्ड अनुसार काम गर्न र समयमै योजना सक्न निर्देशन दिनुभएको छ ।

स्थानीय तहको निर्वाचनमा बिजयी भएपश्चात् मोटरबाटो अन्तर्गतको पहिलो योजना अनुगमन गर्दै अध्यक्ष भट्टराईले गाउँपालिकामा विकास निर्माण र सेवालाई चुस्त बनाउन लागि गर्न सबैलाई आग्रह गर्नुभयो । स्थानीय बासी, जनप्रतिनिधि, मोटरबाटोका ठेकेदार तथा सरोकारवासँग छलफल गर्दै उहाँले समयमा नै काम सक्ने वातावरण बनाउनका लागि चनाखो हुनुपर्नेमा जोड दिनुभयो । संघिय सरकार र प्रदेश सरकारको समपुरक बजेट अन्तर्गत ८ करोड, ४५ लाख रुपँयाको लागतमा पालिकामा सबैभन्दा ठुलो लगानीमा यो मोटरबाटो बन्न लागेको हो ।

निर्माण व्यवसायी पिएस जिएस जेभि कम्पनीका साइड इन्चार्ज महमद अजाद लालमले हाल मोटरबाटोको ७५ प्रतिशत काम सकिएको र बाँकी काम आगामी असार मसान्तसम्ममा सक्ने गरि कामलाई तिब्रता दिएको बताउनुभयो । रैनादेवी छहरा गाउँपालिकाका लेखा अधिकृत लिलामणी बस्यालले भोतिक पुर्वाधारको क्षेत्रमा सबैभन्दा ठुलो र गौरबको योजनाका रुपमा पालिकामा काम सम्पन्न गर्न लाग्दा स्थानीयमा निकै खुसी छाएको बताउनुभयो ।

गाउँपालिकाका प्राबिधिक प्रमुख किशोर खनालले स्थानीय तहबाट कामको गतिविधिको निरन्तर चासो र अनुगमनको पाटो सकारात्मक रहेको उल्लेख गर्नुभयो ।

सुुन्दरढुङ्गा– नेपानेसम्म झण्डै ३ किलोमिटर मोटरबाटो चौडा बनाएर पिच हुनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com