2

Logo २०८३ बैशाख १३ आइतबार
निस्दीको अर्चलेमा पूर्ण सरसफाइ अभियान संचालन

निस्दीको अर्चलेमा पूर्ण सरसफाइ अभियान संचालन


होम राई मगर प्रकाशित मिति : मंगलबार, जेष्ठ १७ २०७९
2.3K

पाल्पा ।

निस्दी गाउँपालिका वडा नम्बर-६ अर्चलेमा पूर्ण सरसफाइ अभियान सम्बन्धि कार्यक्रम सन्चालन भएको छ ।

अर्चले स्वास्थ्य चौकीको आयोजना र बेस नेपालको आर्थिक सहयोगमा अर्चले स्वास्थ्य चौकी सन्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष मेख बहादुर सुनारीको अध्यक्षतामा चलेको कार्यक्रममा प्रमुख अतिथि निस्दी गाउँ कार्यपालिकाका सदस्य मिम्श्री  बयम्बुले सरसफाइ एक जनाले मात्र गरेर नहुने भन्दै सम्बन्धित सबै आ-आफ्नो स्तरबाट लाग्नुपर्ने बताउनुभयो ।

पूर्ण सरसफाइ अधिकृत राजेन्द्र बरालले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै कार्यक्रमको सहजीकरण गर्नुभएको हो । गोरखनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक इश्वरी अर्याल, पूर्ण सरसफाइ प्रज्वलक सिर्जना खण्डलु, सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका नौसरी राई, विद्यार्थी सरिता सोमै, दिपिका मश्राङ्गी लगायतले सरसफाइमा जोड दिनुभएको थियो ।

बेस नेपाल सुआहारा कार्यक्रम सामाजिक कार्यकर्ता दान बहादुर रजालीले सरसफाइ हुनका लागि आवश्यक सूचकहरुका बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रमुख प्रतिनिधिहरु,विद्यालयका प्रधानाध्यापकहरु,महिला स्वयंसेविका,पूर्ण सरसफाइ प्रज्वलकहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सन्चालन स्वास्थ्य चौकी प्रमुख मीन बहादुर रानाले गर्नुभएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com