जोमसोमका लागि पोखराबाट उडेको तारा एयर सम्पर्कबिहिन
काठमाडाैँ ।
जोमसोमका लागि पोखराबाट उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । १९ जना यात्रुसहित जोमसोमका लागि उडेको जहाज बेपत्ता भएको काठमाडौं यति एयरलाइन्सको केन्द्रीय कार्यालयले पुष्टि गरेको छ।
विमानमा १९ जना यात्रु रहेको यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयाे । विमान अहिलेसम्म सम्पर्कविहीन छ । यसको कारण खुलेको छैन’, उहाँले भन्नुभयाे ‘बिहान ९ : ५५ मा पोखराबाट जोमसोमको लागि जहाज उडेको हो ।
मौसम खराब भए पनि तारा एयर जहाज जानुअघि समिट एयरको जहाज पोखराबाट उडान भरेर जोमसोममा सकुशल अवतरण गरेको छ । तारा एयरलाइन्स यति एयरलाइन्सको भगिनी संस्था हो।