2

Logo २०८३ बैशाख १३ आइतबार
संचार मन्त्रालयको बजेट ८ अर्व बढी, अब अनलाइनले पनि लोककल्याणकारी बिज्ञापन पाउने

संचार मन्त्रालयको बजेट ८ अर्व बढी, अब अनलाइनले पनि लोककल्याणकारी बिज्ञापन पाउने


Sabalnews प्रकाशित मिति : आइतबार, जेष्ठ १५ २०७९
2.3K

काठमाडौं ।

सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयतर्फ ८ अर्ब ५९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट संसदमा सार्वजनिक गर्दै धेरै निरन्तरता र केही नयाँ योजना सहितको बजेट प्रस्तुत गर्नुभएको हो । श्रमजीवी पत्रकारहरूलाई प्रदान गरिँदै आएको दुर्घटना बीमा कार्यक्रम र लोककल्याणकारी विज्ञापन कार्यक्रमलाई सरकारले निरन्तरता दिनेछ । साथै लोककल्याणकारी बिज्ञापन सुविधा अनलाइन मिडियालाई समेत प्रदान गर्ने व्यवस्था मिलाएको जनाएका छन् ।

बजेट भाषणमार्फत सरकारले पालिका तहसम्म ब्राेडब्यान्ड सेवाको पहुँच विस्तार गर्ने जनाएको छ । यस्तै हुलाक सेवालाई आधुनिकीकरण र व्यवसायीकरण गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा विश्वसनीय र भरपर्दो निकायको रूपमा विकास गर्न यसको पुनर्संरचना गर्ने सरकारकाे योजना छ ।

लोकतान्त्रिक पद्धति, सुशासन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सञ्चार क्षेत्रलाई थप मर्यादित, जिम्मेवार, व्यावसायिक र पारदर्शी बनाइने पनि सरकारले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com