गणतन्त्र दिवसमा दिपावली, नमुना रामतुलसी मावि भयो झिलिमिली
पाल्पा ।
आज जेठ १५ गते गणतन्त्र दिवस । जनताको जीवन संघर्ष र बलिदानबाट प्राप्त लोकतन्त्र स्थापना पछि तत्कालिन राजाको अधिकार कटौती भई जनताको छोराछोरी प्रमुख पदमा रहन सक्ने गरि अधिकार स्थापितका लागि २०६४ साल चैत २८ गते संविधान सभाको निर्वाचन भएको थियो । निर्वाचन पछि संविधान सभाको पहिलो बैठकले २०६५ साल जेठ १५ गते देशलाई संघीय गणतान्त्रिक नेपाल घोषणा गरेको हो । यसैको उपलक्ष्यमा जेठ १५ लाई गणतन्त्र दिवसका रुपमा मनाउदै आइएको छ ।

बिगतका बर्षमा कोभिड संक्रमणका कारण औपचारिक कार्यक्रम भएको थिएन । यसपटक सरकारले कार्यक्रम गरि दिवस मनाएको छ । सरकारले गणतन्त्र दिवस हर्षउल्लास र दिपावली गरि मनाउने निर्णय गरे अनुरुप आज सरकारी तथा गैरसरकारी सस्था र घरघरमा दिपावली गरिएको छ ।
पाल्पाको नमुना विद्यालय रामतुलसी माध्यमिक विद्यालयमा साझ दिपावली गरिएको छ । विद्यार्थी र शिक्षकले विद्यालयमा उपस्थित भई दिपावली गरेको विद्यालयका प्रध्यानध्यापक बालकृष्ण लम्सालले जानकारी दिनुभयो ।




चापाकोट नगरपालिका ६ साखरका स्थानीयले पनि गणतन्त्र दिवसको खुशीयालीमा चोकमा नेपालको नक्सा कोरी दिपावली गरेका छन् ।