सरकारले आगामी वर्षको बजेट आइतबार संसदमा प्रस्तुत गर्दै
काठमाडौं ।
सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट भोलि (आइतबार) दिउँसो ४ बजे संसदमा प्रस्तुत गर्ने भएको छ । नेपालको गणतन्त्र दिवस पारेर सरकारले बजेट ल्याउदै आएको छ । संविधानको धारा ११९ बमाेजिम अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्नुहुनेछ।
अर्थमन्त्रीबाट नेपालको संविधानको धारा ११९ बमोजिम आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान जेठ १५ गते आईतबार दिनको ४ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पेश हुनेछ ।
बजेट प्रस्तुतिका लागि सम्पूर्ण सांसदहरूलाई दिउँसो ३ बजेर ३५ मिनेटभित्रै संसद भवनमा प्रवेश गर्न सभामुख सापकोटाले रुलिङ गरेका छन् ।
यस अघि अर्थमन्त्री जनार्दन शर्माले आर्थिक सर्वेक्षण २०७८/०७९ सार्वजनिक संस्थानको वार्षिक स्थिति, समिक्षा २०७९ र मन्त्रालयगत प्रगति विवरण आर्थिक वर्ष २०७७/०७८ को यथार्थ र आर्थिक वर्ष २०७८/०७९ को चैतसम्मको विवरण प्रतिनिधिसभा बैठकमा पेश गरेका छन् । प्रतिनिधिसभाको अर्को बैठक जेष्ठ १५ गते अपरान्ह ६ बजेका लागि बोलाइएको छ ।