गणतन्त्र दिवसमा ८ सय ३४ जना कैदीबन्दीको माफी मिनाह
काठमाडौं ।
गणतन्त्र दिवसका अवसरमा सरकारले ८ सय ३४ जना कैदीबन्दीको माफी मिनाह गरेको छ । बुधबार र शुक्रबार बसेका दुई वटा मन्त्रिपरिषद् बैठकले उनीहरुलाई जेठ १५ गते अर्थात आइतबारदेखि लागू हुनेगरी गणतन्त्र दिवस २०७९ को अवसरमा माफी मिनाहा गरेको हो ।

तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका २ सय ७१ जना र ५ सय ४७ गरी जम्मा ८ सय १८ जना कैदीबन्दीको बाँकी कैद सजाय माफी मिनाहा भएको राष्ट्रपति कार्यालयले एक विज्ञप्ती जारी गर्दै जानकारी गराएको छ ।
नेपालको संविधानको धारा २ सय ७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को कसूर (कैदकट्टा) नियमावली, २०७६ को नियम ३ तथा सर्वोच्च अदालतको आदेशसमेतका आधारमा उनीहरुको कैद माफी मिनाह गरिएको कार्यालयका प्रवक्ता तथा उपसचिव केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।