2

Logo २०८३ बैशाख १३ आइतबार
निस्दीको अर्चले स्वास्थ्य चौकीमा व्यवस्थापन समिति गठन

निस्दीको अर्चले स्वास्थ्य चौकीमा व्यवस्थापन समिति गठन


Sabalnews प्रकाशित मिति : शनिबार, जेष्ठ १४ २०७९
848

पाल्पा ।

पाल्पाको निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चले स्वास्थ्य चौकीमा स्वास्थ्य चौकी सन्चालन तथा व्यवस्थापन समिति गठन भएको छ ।

वडाका निवर्तमान कार्यबाहक वडाध्यक्ष उजुरसिं रानाको अध्यक्षतामा बसेको बैठकले नवनिर्वाचित वडाध्यक्ष मेख बहादुर सुनारीको अध्यक्षतामा ७ सदस्यीय सन्चालन तथा व्यवस्थापन समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा मिम्श्री बयम्बु र सदस्यहरुमा महिला स्वास्थ्य स्वयंसेविका पानकुमारी बयम्बु, एम बहादुर सार्की, लिमीसरा राना र सदस्य सचिवमा स्वास्थ्य चौकी प्रमुख मीन बहादुर राना रहनुभएको हो । साथै वडाध्यक्ष सुनारीकै अध्यक्षतामा १५ सदस्यीय खोप समन्वय समिति गठन गरेको छ ।

यसैबिच सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाद्वारा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान कार्यक्रम समेत सोही अबसरमा भएको छ ।

स्वास्थ्य चौकी प्रमुख मिन बहादुर रानाको स्वागत मन्तव्य र अनमी देवती रानाको संचालनमा कार्यक्रम भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com