शंकर पाण्डेको विदेशीयका युवाको गीत ” बिदेशको दु:ख” सार्वजनिक
काठमाडौं ।
गीतकार तथा युवा ब्यबसायी शंकर पाण्डेले बिदेशिन बाध्य नेपालीको पिडाबोध गीत “बिदेशको दु;ख” बजारमा ल्याएका छन् ।
घरको आर्थिक अबस्था दयनीय हुनु र साहुले तारन्तार घरमै आएर हप्काउन थालेपछि केही उपाय नलागेर बिदेशमा पसिना बगाउन नै बिकल्प देख्नुपर्ने अबस्थामा त्यहीको दु:ख र घरको सम्झनाले सताउदा साहुले ऋणले पिरोलेको अबस्थालाई गीतकार पाण्डेले गीतमा उनेका छन् । बिदेशमा दु:ख भोगिरहेका नेपाली दाजुभाई दिदि बहिनीहरुको भावनालाई गितमा टपक्क उतारेका छन् ।
कुनै बेला कमाउनकै लागि कोरिया हानिएका पाण्डे बिदेशमा रहदाको अनुभवलाई गीतमा समेटेका छन् । जब बिदेश पसेपछि नेपाल प्रतिको माया खनिएर आउने बताउने पाण्डेले धेरै समयपछि गीत मार्फत नेपालीको बेदना नेपाली गीत संगीत श्रोता दर्शक माझ ल्याएको बताए ।
यही साता सार्वजनिक उक्त गीतमा शब्द संगै स्वयंम् शंकर पाण्डेले नै स्वर दिएका छन् । भिम बि.सीको संगीत, राजेन्द्र बजगाईंको अरेन्ज रहेको गीतको म्युजिक भिडियो समेत बजारमा आएको छ । रचना तथा आवाज भरेका बहुप्रतिभाका धनी शंकर पाण्डे, संजाल पौडेल, सुजाता पाण्डे, लक्ष्मन बिक्रम बस्नेत, पुजा शर्मा, गुरु भोटिया,केशब थारु लगायत अन्य कलाकारहरुको अभिनय रहेको छ ।
गीत संगीतमा धेरै पहिला देखि लाग्ने रहर हुँदाहुँदै पनि बिदेशबाट फर्केर व्यापार व्यबसायमा अल्झेकोले अहिले गीतको भारी बिसाउने आम नेपालीको मर्का बोलेको उनले बताए । गीत संगीतको लागि पनि केहि समय निकालेर आफुले रचना गरेका गीतलाई मुर्तरुप दिई, आफ्नो छुट्टै पहिचान बनाउन लागिपरेका रचनाकार शंकर पाण्डेले साहुको ऋणले बिदेशिनुपर्ने,आमा र प्रियको मायाले स्वदेश तान्ने अबस्थामा अरुको देशमा बिरक्त लाग्दो अबस्थालाई चित्रण गरेका छन् ।
निरेन श्रेष्ठको निर्देशन, मुकेश हुमागाईंको छायांकन र बिष्णु खड्काको सम्पादन रहेको गीतको म्युजिक भिडियो दर्शित म्यूजिक एण्ड मिडिया मार्फत chiranjivi bhandari यूट्यूब च्यानलबाट बजारमा आएको हो ।