राप्रपा पाल्पाद्दारा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग
पाल्पा ।
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी पाल्पाले सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।
पाल्पका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्त मार्फत् प्रधानमन्त्रीको कार्यालयमा ज्ञापनपत्र पठाउदै पेट्रोलियम पदार्थको मूल्यवृद्धिले आम नागरिकको जीवन कष्टकर बनेको उल्लेख गरेको छ ।
राप्रपा पाल्पा अध्यक्ष डुलबहादुर कुंवरले राप्रपाको केन्द्रीय कार्यालयलाई समेत बोधार्थ दिएर पेट्रोलियम पदार्थ लगायत अति आवश्यक पर्ने दैनिक उपभोग्य खाद्यान्न, तेल लगायत वस्तुहरुको अनियन्त्रित तरिकाले मूल्यवृद्धि भइरहेकोमा सरकारको ध्यानाकर्षण गरिएको बताउनुभयो।
मुल्यवृद्धिले आम नागरिकलाई जीवन निर्वाहका गर्न नसक्ने अबस्था बनाएकोले मुल्य फिर्ताको माग गरेको छ । ज्ञापनपत्र मार्फत् पेट्रोल, डिजेल, मट्टीतेल, ग्यासको मूल्यमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गरिएको छ ।