2

Logo २०८३ बैशाख १३ आइतबार
तिलोत्तमामा काङ्ग्रेसका रामकृष्ण खाण बिजयी

तिलोत्तमामा काङ्ग्रेसका रामकृष्ण खाण बिजयी


Sabalnews प्रकाशित मिति : बिहिबार, जेष्ठ १२ २०७९
1.2K

 बुटवल-

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नगरप्रमुखमा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका रामकृष्ण खाण विजयी हुनुभएको छ ।

खाणले नेकपा एमालेका नगरप्रमुख पदका उमेदवार मोहन चापागाईंलाई पराजित गर्दै तिलोत्तमाको नगरप्रमुखमा खाणले बाजि मार्नुभएको हो । खाण चापागाईं भन्दा (केही मतले अगाडि छन् । कांग्रेसका हजार २ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी नेकपा एमालका मोहन चापागाईंले २३ हजार २६२ मत प्राप्त गरेका छन्।

तिलोत्तमामा कुल मतदाता ८५ हजार सात सय ४७ मध्ये ६३ हजार ५८८ मत खसेको थियो। तिलोत्तमामा उपप्रमुख नेकपा एमालेको उमेदवार बिजयी भएकी छन् । नेकपा एमालेकी उम्मेदवार जगेश्वरीदेवी चौधरी भारी मत सहित विजयी भएकी हुन् ।

विजयको औपचारिक घोषणा हुन भने बाँकी छ । खाँण गृहमन्त्री बालकृष्ण खाँणका सहोदर भाइ हुन् । उपमेयर चौधरीले गठबन्धनका तर्फबाट माओवादी केन्द्रका हेमन्त पाण्डेलाई पराजित गरेकी हुन्। चौधरी तिलोत्तमाकी निवर्तमान उपमेयर समेत हुन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com